३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेविसंघ असन्तुष्ट पक्षको रिले अनशन स्थगित, तदर्थ समितिलाई १० दिनभित्र पुर्णता दिने सहमति


0
Shares

काठमाडौं, २० चैत्र । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षको शनिबारदेखि जारी रिले अनसन स्थगित भएको छ । अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका थिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेको रोहबरमा दुईपक्षबीच ४ बुंदे सहमति गर्दै आजैबाट रिले अनसन स्थगन भएको हो ।
अध्यक्ष शेर्पाको अध्यक्षतामा गठित नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिलाई १० दिनभित्रमा पुर्णता दिने लगायतका सहमति भएका छन् ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षको माग राखेका थिए ।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले एक बर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गर्नुभएको थियो भने स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समयअवधि भित्रपनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने लगायतका माग असन्तुष्ट पक्षको छ ।

प्रतिक्रिया