प्रचण्ड सरकार ढाल्न सक्रिय माधव फेरि ब्याक
काठमाडौं, २० जेठ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको केही दिनअघिको सक्रियताले तरंग नै ल्यायो । उनी विपक्षी गठबन्धनको बैठकमा सहभागी भए । सरकारमा सहभागी दलका नेता नै काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको भेलामा बसेपछि सत्ताको नयाँ खेलबारे खुलासा भएको थियो ।
माधव नेपाल बुढानिलकण्ठ पुगेपछि प्रचण्डले झलनाथ खनाललाई बालुवाटारमा निम्तो गरे । यसपछि माधव नेपाल झस्किए । कुनैपनि बेला माधव नेपाल नेतृत्वको दल फुटाउन प्रचण्ड सक्रिय भएको चर्चा चल्यो ।
मधेश सरकारमा जसपा नेपाल नेतृत्वको सरकार ढाल्न केन्द्रको सत्तापक्ष सक्रिय भयो । त्यसमा नेकपा एसले के गर्छ भन्ने चासो रह्यो । माधव नेपाल अहिले आएर मधेशमा सरोज यादव नेतृत्वको सरकार ढाल्ने गतिविधिमा लाग्ने भएको छ । एसबाट मन्त्री बनेकाहरु फिर्ता हुने निश्चित भएको छ ।
केन्द्रको सरकार ढाल्न सक्रिय भएका माधव नेपाल अचानक ब्याक भएका छन् । उनी मधेशमा सरोज यादव नेतृत्वको सरकार ढाल्ने गतिविधिमा लाग्ने भएका छन् ।