२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

‘एस्फोडेल एसईई फुटसल कप २०८१’को उपाधी एफसी सारदा सेर जाजरकोटलाई


13.8k
Shares

काठमाडौं,१७ जेठ । कालिकास्थान स्थित एस्फोडेल पब्लिक स्कुलले आयोजना गरेको ‘एस्फोडेल एसईई फुटसल कप २०८१’ भव्यताका साथ सम्पन्न भएको छ ।

गत जेठ १५ र १६ गते भेलोसिटी एरिना रातो पुलमा सम्पन्न भएको फुटसल कपमा एफसी सारदा सेर जाजरकोटले प्रथम स्थान हासिल गर्दै विजेताले १६ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । साथै विजयी टिमका ८ जनाले सोही स्कुलमा कक्षा ११ मा सत प्रतिशत छात्रवृत्ति पनि प्राप्त गरेका छन् ।

प्रतियोगितामा दोस्रो हुने लुम्बिनी एकेडेमी र तेस्रो स्थान टाउन ब्योइ एफसी ले क्रमशः ८ हजार र ४ हजार रुपैयाँ,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया