२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

गण्डकीको मुख्यमन्त्रीमा खगराज आउट सुरेन्द्र इन


664
Shares

काठमाडौं, १४ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः सुरेन्द्र पाण्डे नियुक्त हुने भएका छन् । सर्वोच्च अदालतले पाण्डेलाई ४८ घन्टाभित्र नियुक्त गर्न परमादेश जारी गरेको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले यसअघि पाएको विश्वासको मतलाई अवैध ठहर समेत गरेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशमा ३० जनाको समर्थनमा खगराजले विश्वासको मत पाएको घोषणा गरिएको थियो । बहुमतका लागि ३१ जना सांसदको साथ पाउनुपर्दथ्यो । यसविरुद्ध पाण्डे अदालत गएका थिए ।

अब मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । योसँगै गण्डकीको राजनीतिले नाटकीय मोड लिएको छ ।

प्रतिक्रिया