५ आश्विन २०८१, शनिबार | September 21, 2024

महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ र लक्ष्मी महर्जनको साँठगाँठमा धमाधम खोलामा ढल जोडियो, सडकको बिजोग


18.1k
Shares

ललितपुर, १४ जेठ । महालक्ष्मी नगरपालिका गोदावरी खोला र श्रृंगेरी खोलाले सिंचित हुने उर्वर भूभाग हो । काठमाडौं उपत्यकाभर सबैजसो नदी र खोला प्रदूषित हुँदा पनि यी दुई खोला प्रदूषित हुन दिइएन । यसको मुख्य कारण बिष्णुडोल र त्यस वरपरका बासिन्दाले ढल खसाल्न नदिनु नै हो ।

पछिल्लो समय महालक्ष्मी नगरपालिकामा एमालेका हरिगाविन्द श्रेष्ठ मेयर र काँग्रेसकी लक्ष्मी महर्जन उपमेयरमा जितेर आएपछि गोदावरी खोला र श्रृंगेरी खोलामा ढल खसाल्ने गतिविधि नै चलाएका छन् । उनीहरुले खोलाको स्वच्छतालाई नै ध्वस्त पार्ने गरी ढलमा बजेट लगाएर लाभ लिने र खोला प्रदूषित बनाउने गतिविधि गरेका छन् ।

विगतमा विष्णुडोलवासीले ढल खोलामा जोड्न नदिएकोमा झुक्याएर लुभुको ढल श्रृंगेरी खोलामा जोडिएको छ । यसबाट स्थानीय आक्रोशित भएका छन् । ढल खनेर विष्णुडोलबाट लुभु जाने सडक केही वर्षयता अवरुद्ध छ । हरिगोविन्द श्रेष्ठको कार्यकालभर यो सडक नचल्ने स्थानीयवासीको गुनासो छ ।

हरिगोविन्द र लक्ष्मीले केही महिना अघि सानागाउँबाट विष्णुडोल जाने सडक खण्डमा ढल खन्ने कार्यको शिलान्यास गरे । उनीहरुले त्यहाँ केही मान्छेलाई जम्मा गरेर फूलमाला पनि लगाए । अहिले उक्त ठाउँमा ढल खनेर सडक नै अवरुद्ध छ ।

हरिगोविन्द श्रेष्ठको उद्देश्य नै पवित्र गोदावरीलाई अपवित्र बनाउने हो भन्ने उनको कामबाट देखिइसकेको छ । गैरकानूनी रुपमा गोदावरी खोलामा ढल खसाल्ने क्रम अभियानकै रुपमा चलाएका छन् उनले । यसमा लक्ष्मी महर्जनले पनि साथ दिएकी छिन् ।

विशेषगरी विष्णुडोल र शंखादेवी क्षेत्रलाई हरिगोविन्दले नाकाबन्दी नै जस्तो बनाएका छन् । त्यहाँबाट जाने सडकहरुको लुभु र सानागाउँतर्फ ढल खनाएर आवतजावत् नै गर्न नसक्ने बनाएका छन् ।

हरिगोविन्दले मेयर हुनेवित्तिकै नयाँ सवारी खरिद गर्न लगाएर तामझाम देखाएका थिए । उनको कार्यकालमा व्यापक भ्रष्टाचारका विषयहरु पनि उठ्न थालेको छ । महालक्ष्मी नगरपालिकामा आफू अनुकूलको कार्यकारी अधिकृत ल्याउने र भ्रष्टाचार संगठित रुपमै गर्ने गतिविधि बढेको छ ।

प्रतिक्रिया