३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एमाले र माओवादी चुनावमा यसकारण मिल्नसक्छन्


830
Shares

काठमाडौं, ८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार विश्वासको मत लिएपछि चुनावमा काँग्रेसको हालत देखिने भन्दै चेतावनी दिए । उनले चुनावले काँग्रेसको हैसियत देखिने बताएपछि विभिन्न अड्कलवाजी भएका छन् ।

२०७४ को चुनाव एमालेसँग समिकरण बनाएर गएका थिए प्रचण्ड । तर, २०७९ को चुनावमा भने नेपाली काँग्रेससँग समिकरण बनाए । फरक परिस्थितिमा फरक दलसँग समिकरण बनाएर लाभ लिन खम्पिस छन् प्रचण्ड ।

सत्तामा संकट आउने वित्तिकै समिकरण बदलेर प्रचण्डले पद हात पार्ने वा बचाउने गरेका छन् । चार पटक विश्वासको मत लिए यो डेढ वर्षमा उनले । त्यसमा दुई पटक समिकरण बदले ।

प्रचण्डको पछिल्लो अभिव्यक्तिले उनी आगामी चुनावमा एमालेसँग समिकरण बनाएर जाने संकेत गरेका छन् । काँग्रेससँगको समिकरणबाट सिट संख्या घटेको छ । एमालेसँग समिकरण गरेको भन्दा काँग्रेससँगको समिकरण गर्दा झण्डै २० सिट घट्नुले पनि प्रचण्ड झस्किए । उनी एमालेसँग सहज मानेर समिकरण गर्न सक्छन् ।

ओलीपछि एमालेमा प्रभावशाली नेता नदेखिएकाले पनि प्रचण्ड त्यहाँको शक्ति समेत हात पार्ने तयारीमा छन् । विगतमा उनले यस्तै प्रयास गरेकोमा सफलता हासिल गरेनन् ।

प्रचण्डले काँग्रेसप्रति आक्रामक रणनीति बनाइसकेका छन् । काँग्रेस नेताहरु संलग्न कतिपय आर्थिक प्रकरणको छानविन बढाएका छन् रवि लामिछानेमार्फत् । काँग्रेसलाई खुइलाउने कदम चाल्ने देखि रविलाई पनि उनीहरुविरुद्ध आक्रामक बनाइरहेका छन् प्रचण्डले ।

प्रतिक्रिया