३ आश्विन २०८१, बिहिबार | September 19, 2024

इरानी राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो, कोहीपनि जिवित नरहेको आशंका


498
Shares

एजेन्सी, ७ जेठ । इरानी राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । इरानको पूर्वी अजरबैजान प्रान्तमा र्दुघटना भएको विमान एक दिनपछि फेला परेको हो ।

हेलिकोप्टरमा सवारको अवस्था अझै अज्ञात छ । तर, अलजजिराले रेड क्रेसकेन्टको भनाई उदृत गर्दै कोही पनि जिवित रहेको संकेत नमिलेको उल्लेख गरेको छ ।

राष्ट्रति रैसी दुर्घटनामा परेलगत्तै उपराष्ट्रपति मोहम्मद मोकबरतर्फ चासो बढेको छ । इरानको संविधानमा राष्ट्रपतिको राजीनामा या निधन भएमा ५० दिनभित्र चुनाव गर्नुपर्ने र त्यसभन्दा अघि उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार सम्हाल्ने उल्लेख छ ।

प्रतिक्रिया