नेपाली टोपीमा विश्व च्याम्पियन हेभिवेट बक्सर उसिक, नेपाल आउने इच्छा
काठमाडौं, ६ जेठ । तस्बिरमा देखिएका दुई बक्सरमध्ये एक हुन् अलेक्जेन्डर उसिक जो ६ जेठबाट बक्सिङका विश्व हेभिवेट च्याम्पियन हुन् र अर्का नेपालका व्यवसायिक बक्सर म्याक्स बस्नेत । दुवै नेपाली टोपीमा छन् । उसेक र म्याक्सको यो तस्बिर २०२२ को पोर्टोरिकोमा खिचिएको हो ।
उसिक र म्याक्सले नेपाली टोपीमा एक्सन पनि देखाएका छन् तस्बिरमा । नेपाली टोपीमा क्रस खुकुरी पनि छ । उसिकले नेपाली खुकुरी पनि बोकेको देखिन्छ ।
नेपाल आउने उसिकको योजना रहेको बताउँछन् नेपाली बक्सर म्याक्स । उनले भने, यसै वर्ष नेपालमा ट्रेकिङ जाने गरी योजना बनाउन भनेका छन् युसिकले ।
नेपालको सुन्दरता सुनेका युसिक आफ्नै आँखाले हेर्न चाहन्छन् । उसिक निकै सामान्य र सहज रुपमा प्रस्तुत हुने बक्सर रहेको म्याक्सले बताए ।
म्याक्सको उसिकसँग बेला बेलामा कुराकानी भइरहन्छ । उनले नेपालको बक्सिङको विकासमा सहयोग गर्ने बताएको म्याक्सको भनाई छ ।