५ आश्विन २०८१, शनिबार | September 21, 2024

सर्वोच्चको आदेशले खगराज कामचलाऊ मुख्यमन्त्री


664
Shares

काठमाडौं, २७ वैशाख । सर्वोच्च अदालतको अन्तरिम आदेशले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार काम चलाऊमा सिमित भएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अधिकारीविरुद्धको रिटमा अर्को सुनुवाई नभएसम्मका लागि अन्तरिम आदेश जारी गर्दै कामचलाऊ बनाइदिएको हो ।

सर्वोच्चले जेठ ८ मा पेसी तोकी रिटबारे सुनुवाई गर्ने भएको छ । मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिविरुद्ध काँग्रेसबाट यसअघि मुख्यमन्त्री बनेका सुरेन्द्र पाण्डेले रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाई गर्दै पेसी तोकी निवेदनलाई अग्राधिकारसमेत दिएको हो ।

अधिकारीले प्रदेश सरकारको नियमित सञ्चालनबाहेक दुरगामी महत्वका निर्णयहरु गर्न नपाउने भनिएको छ ।

गण्डकीमा ६० सदस्यीय प्रदेशसभामा ३० सदस्य देखाएर बहुमतको दाबी गरी अधिकारी मुख्यमन्त्री बनेका हुन् । सभामुखले बहुमत नपुगी सरकार निर्माणको घोषणा गरेको भन्दै संविधान मिचेको दाबी गरिएको छ ।

 

प्रतिक्रिया