५ आश्विन २०८१, शनिबार | September 22, 2024

भाजपाको निम्तोमा दिल्ली पुगे यी नेता


498
Shares

काठमाडौं, १९ वैशाख । भारतको सत्तारुढ भारतीय जनता पार्टीले लोकसभा चुनाव चलिरहँदा विश्वका दश देशका विभिन्न दललाई भ्रमणका लागि निम्तो गरेको छ । भाजपाको चुनावी रणनीतिलगायतका विषयमा भ्रमण दलका सदस्यले बुझ्ने मौका पाउने बताइएको छ ।

नेपालका अलावा श्रीलंका, मौरिसस, अष्ट्रेलिया, भियतनाम, बँगलादेश, इजरायल, युगाण्डा, तान्जानिया, रुसका विभिन्न दलका नेता दिल्ली पुगेका छन् । भाजपालाई बुझ नाम दिइएको कार्यक्रममा उनीहरु निम्तो गरिएका हुन् ।

नेपालबाट सत्तारुढ नेकपा माओवादी केन्द्रका मातृका यादव, नेकपा एमालेका विष्णु रिमाल र रास्वपाका शिशिर खनालका अलावा प्रतिपक्षी नेपाली काँग्रेसका उदय शमशेर राणा र जनमत पार्टीका जयकान्त राउत भ्रमण दलमा छन् ।

मधेशवादी मानिएका जसपा र लोसपाका कुनै नेता पनि भ्रमण दलमा छैनन् । रोचक त यो छ कि हिन्दुवादी मुद्दा बोकेको राप्रपाका पनि कुनै नेताले भाजपाको निम्तो पाएनन् । उस्तै विचार देखिएपनि भाजपासँग राप्रपाको सम्बन्ध बनेको छैन ।

प्रतिक्रिया