३ कार्तिक २०८१, शनिबार | October 20, 2024

आफ्नै सांसदविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ज्ञानेन्द शाहीले गरे कडा कारबाहीको माग


6.5k
Shares

काठमाडौं,१९ वैशाख । प्रतिनिधि सभा सदस्य एंव सांसद ज्ञानेन्द्र शाहीले सहकारीको ठगि प्रकरणमा मुछिएका जो सुकैलाई पनि कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
आफ्नै पार्टीकी राप्रपा सांसद गीता बस्नेतलाई नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि शाहीले यस्तो माग गरेका हुन् ।

सामाजिक सञ्जालमा आज एक पोस्ट गर्दै शाहीले लेखेका छन्,“यसको निष्पक्ष रुपमा छानबिन गरि दोषी उपर कडा कारबाही हुनुपर्ने हाम्रो माग छ ।” सहकारीमा जनताको रकम ठगी गर्नेहरु जुनसुकै पार्टीका भए पनि कानुनी दायरमा ल्याएर उनीहरुमा माथि कारबाही हुनुपर्ने उनको भनाई छ ।

“उनीहरु देशका दुस्मन हुन । जनताका दुस्मन हुन । उनीहरुलाई कुनै पनि हालतमा छोड्न हुँदैन । उनीहरु सबै कानुनी दायारामा आउनै पर्छ ।”–उनले लेखेका छन् । कानुनभन्दा माथी राजनीतिक पार्टी र नेताहरु हुनै नसक्ने उनको तर्क छ ।

‘यो देशका गृहमन्त्री देखि विभिन्न राजनीतिक पार्टीका मान्छेहरु सहकारीको ठगि प्रकरणमा मुछिएका छन् । यसैबीच नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी गरिएको छ । यसको निष्पक्ष रुपमा छानबिन गरि दोषी उपर कडा कारबाही हुनुपर्ने हाम्रो माग छ । सहकारीमा जनताको रकम ठगी गर्नेहरु जुनसुकै पार्टीका भए पनि उनीहरु देशका दुस्मन हुन । जनताका दुस्मन हुन । उनीहरुलाई कुनै पनि हालतमा छोड्न हुँदैन । उनीहरु सबै कानुनी दायारामा आउनै पर्छ । कानुनभन्दा माथी राजनीतिक पार्टी र तिनका नेताहरु कदापी हुन सक्दैनन् ।’

प्रतिक्रिया