४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमै रहने


1.2k
Shares

काठमाडौं, १३ वैशाख । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमै बस्नुपर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायाझीसहित ७ जनालाई थुनामै राख्ने आदेश सर्वोच्च अदालतले दिएको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।

रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डेका अलावा केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजीत राई र सानु भण्डारीलाई थुनामै राख्ने आदेश दिएको हो ।

यसअघि उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया