१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

अमेरिका र भारतको सामिप्यताको रहस्य


1.2k
Shares

विपिन देव: अमेरिका, भारत र चीनको त्रीकोणत्मक सम्बन्धले भू-राजनीतिलाई यथेष्ठ मात्रामा प्रभावित गर्दछ । सन् १९९८ मा अमेरिका र चीनले संयुक्त रूपमा भारतको आणविक परीक्षणलाई निन्दा गरेको थियो । अटल विहारी वाजपेयीको आणविक नीतिको कटु आलोचक अमेरिकाका तत्कालीन राष्ट्रपति क्लिन्टन थिए । वाजपेयीले एक पत्रमा भारतको आणविक नीतिको मुख्य उद्देश्य चिनियाँ आक्रामक नितीलाई सन्तुलन गर्नु हो भन्ने क्लिन्टनलाई अवगत गराएका थिए । चीनिया खोपीया एजेन्सीले सोपत्रको आसय सार्वजनिक समेत गरेका थिए । वर्तमान भू-राजनीतिक परिवेशमा विभिन्न कूटनीतिक मञ्चमा अमेरिका र भारतको संयुक्त विज्ञप्ती चीनको विपक्षमा देखिएको छ । भारत(अमेरिका र चीनको सम्बन्धमा धेरै उत्तार र चढाव देखिएको छ । ५० को दशकमा भारत-चीनको सम्बन्धमा न्यानोपन थियो । चीनलाई स्वतन्त्रत राष्ट्रको रूपमा स्वीकार गर्ने मुलुको पहिलो पंक्तिमा भारत नै थियो ।

अमेरिकाले भारतलाई सुरक्षा परिषदको सदस्यको रूपमा अनुरोध गर्दा सो पदको लागि तत्कालीन भारतका प्रधानमन्त्री नेहरु जनसंख्या र भूगोलको आधारमा सुरक्षा तर्क राख्दै चीनको पक्षमा आफ्नो अभिमत दिएका थिए । चीनले तिब्वत माथि आप्mनो अथिपत्य स्थापना गर्नु र तिब्वतका धर्मगुरू दलाई लामा सन् १९५९ मा भारतमा शरण लिनु जस्ता परिघटनाले भारत-चीन सम्बन्धलाई कटूतामा परिर्वतन गर्यो । सन् १९६२ ताका भारत र चीन विच युद्ध समेत हुन गयो । इतिहासको त्यो घडिमा अमेरिकाले नैतिक सर्मथनका साथै सैन्य सहयोगको वाचा गर्दै भारतको पक्षमा कूटनीति परिचालित गर्यो । तर ७० को दशकमा भारत र अमेरिका विच समधुरता स्वखलित हुन भयो ।

भारत स्वतन्त्र वङ्गलादेशको पक्षमा थियो । भारतले पाकिस्तानमा भइरहेको मानवीय मूल्य मान्यताको मानमर्दन सहन गर्न सकेन । इन्दिरा गान्धीको ओजपूर्ण नेतृत्वमा पाकिस्तानको सैन्य हस्तक्षेत्रपबाट नयॉ मुलुक वङ्कलादेशको जन्म भयो । सन् १९५६ ताका नै पाकिस्तान अमेरिकी सुरक्षा छातामा आवद्ध भइसकेको थियो । भारतको सैन्य हस्तक्षेप अमेरिकालाई पाच्य भएन । अमेरिका र चीन संयुक्त रूपमा भारतलाई चेताबानी समेत दिएका थिए ।

अमेरिकाका सैनिक जहाज सेभेन फिल्ट हिन्दमहासागरमा परिचालित समेत भइसकेका थिए । हिमाली भागबाट चीन र सामुद्रिक मार्गबाट अमेरिका भारत विरुद्ध आर्कमण गर्न तम्तयार रहेको अवस्था थियो । सन् १९७१ ताका नै भारतले सोभियत रूपसंग शान्ति सम्झौता गरिसकेका थिए । अमेरिका र चीनको आक्रमक्तालाई निस्तेज गर्न रसीया भारतको पक्षमा उभ्दै सोभीयत रूसले भारतको पक्षमा सैन्य शक्ति परिचालन गर्न उद्घोष गरे । अर्थात् सोभियत रूसको अगाडि चीन र अमेरिकाले आप्mनो सैन्य शक्ति परिचालन गर्न सकेन । ८० को दशकमा सोभियत रूस र अमेरिका शित युद्धको उत्कर्षमा थियो । असीको दशकमा सोभियत रूस अफगानीस्तानमा हस्तक्षेप गर्दा अमेरिका र पाकिस्तान सोभियत रूसको विपक्षमा थियो । अर्को शब्दमा भन्ने हो भने ८० को दशकमा भारत र अमेरिका विच कटुता उत्कर्षमा नै थियो ।
९० को दशकमा सोभियत रूस बिखण्डन हुनु, पूर्वीय युरोपमा साम्यवादको पतन हुनु र भारत उदार अर्थतन्त्रमा प्रवेश गर्नु जस्ता परिघटनाले भारत(अमेरिका विच सम्वाद र समन्व्यको यात्रा प्रारम्भ भयो । सन् २००८ मा युरोप र अमेरिकामा आर्थिक मन्दी हुनु र चीन आर्थिक रूपमा अब्वल हुनु जस्ता परिघटनाले अमेरिका र भारत विच एक नयॉ विर्मशको युग शुरु भएको देखिन्छ ।
सन् २०१३ देखि चीन र अमेरिका विचको सम्बन्धमा तीव्रताका साथ तनाव बढ्दै आएको छ भने भारत(अमेरिकामा विच सघनता त्यही अनुपातमा बढ्दै गएको छ । सत्तरीको दशकमा सोभियत रूसलाई दवावमा राख्न चीनलाई भरपुर सहयोग गर्ने अमेरिकाको नीति थियो भने वर्तमान परिवेशमा चीनको आक्रमक्तालाई निस्तेज गर्न भारतको उदयलाई भरपुर सहयोग गर्ने अमेरिकी नीति रहेको छ । भारत(अमेरिका विच सघनता बढ्नुमा विभिन्न आयमहरू छन् । भारतमा यथेष्ठ यात्रामा जनसांख्यीक लाभांष हुनु (डेमोग्राफीक डिभीडेन्ड), प्रजातान्त्रिक पद्धती हुनु अंग्रेजी भाषि दक्ष जनशक्ति हुनु, प्रविधि मैत्री वातावरण हुनु र अब्वल नेतृत्व हुनु, जस्ता कारक तत्वहरूले गर्दा अमेरिका(भारत विच सघनता अभूतपूर्व रूपले बढिरहेको छ । सन् २०२२ मा अमेरिकाले हिन्दमहासागरीय नीति सार्वजनिक गरेका छन् । भारतको भू-राजनीतिक बनौटले गर्दा हिन्दमहासागरीय क्षेत्रमा भारतको भूमिका र नेतृत्वलाई सहयोग गर्न अमेरिकी नीति रहेको छ । तदनुरुप अमेरिका, भारत, अष्ट्रेलिया र जापानको आर्वद्धतामा चर्तुभूजीय संगठन (कर्वाड) लाई सक्रिय बनाउन अमेरिकी नीति रहेको छ । अमेरिकी नीतिले गर्दा भारतको सबभन्दा ठुलो व्यापारिक साझेदारीको रूपमा अमेरिका रहेको छ ।

अमेरिकी सदनले बेका र कममासा जस्ता कानुनको माध्यमबाट संवेदशील सुरक्षा उपकरण र यन्त्रहरू भारतलाई उपलब्ध गराउन मार्ग सहज गरेको छ । वर्तमान परिवेशमा भारतले प्रत्येक वर्ष ३० अर्ब अमेरिकी डलरको हतियार अमेरिकाबाट खरिद गर्ने गरेको छ । साथ साथै हिन्दमहासागरीय क्षेत्रलाई मध्य नजर गर्दै अमेरिका र भारतले सैन्य अभ्यासलाई निरन्तरता समेत दिएको छ । मोदीको कार्यकालमा भारत(अमेरिका सम्बन्ध बडो रोचक देखिन्छ । विगत दश वर्षमा अमेरिकामा तीनवटा राष्ट्रपति भएका छन् । ओभामा, ट्रम्प र वाइडेन जस्ता तीनै राष्ट्रपतिहरू भारत यात्रा गरेका छन् । अर्थात् अमेरिकाका दुईवटै राजनीतिक दलहरू भारत प्रतिको दृष्टिकोणमा एक मत जाहेर गरेका छन् ।

अमेरिका-भारत बीच बढ्दो सघनतालाई मधय नजर राख्दै चीनले भारत प्रतिको दृष्टिकोणमा परिर्वतन गरेका छन् । सन् १९८८ मा राजीव गान्धी र देङ स्याओ पिङ बीच भएको समझादारीको आधारशिलामा विगतका दिन दशकसम्म भारत(चीन सम्बन्ध सहज रहेको थियो । सन् १९८८ को समझादरीको आधारमा भारत(चीन विच पटक पटक सन्धी र सम्झौता भएको थियो । यी सम्झौताहरूको आधारमा नै चीन भारतको सबभन्दा ठुलो व्यापारिक साझेदारी समेत भएको थियो । राष्ट्रपति सी को नीतिले गर्दा संसारको सबभन्दा ठुलो सीमा समस्या भएको भारत र चीन विच सम्बन्ध तनावपूर्ण अवस्थामा रहेको छ ।

सन् २०१७ देखि सन् २०२४ सम्म दुर्य देशका सैनिकहरू एक अर्का विरुद्ध तैनाथ गरिउको छ । चीन र भारत एक अर्का विरुद्ध कूटनीतिक क्षेप्यास्त्र समेत प्रयोग गरेको देखिन्छ । चीनलाई दवावमा राख्न भारतले चीनका सीमावर्ती मुलुकहरू फिलिपिन्स र भियतनामलाई वह्रमोस क्षेप्यास्त्र समेत उपलब्ध गराएको छ भने जापान र अष्ट्रेलियासंग सैनिक अभ्यासमा निरन्तरता दिएको छ । वर्तमान परिवेशमा अमेरिका र युरोपसंग चीनको आर्थिक र सामरिक सम्बन्ध कमजोर भएकोले गर्दा त्यसको पराकम्पन चिनियाँ अर्थतन्त्रमा देख्न सकिन्छ । प्रजातान्त्रिक कित्ताका मुलुकहरू विच भइरहेको सहकार्यले गर्दा चीनलाई आप्mना सामरिक महत्वांकाक्षा प्रत्याभूत गर्न हम्वे हम्वे भएको छ । जानकारहरूको समीक्षा अनुसार राष्ट्रपति सीको नीतिले नै गर्दा भारत र अमेरिका बीच सघनता र सहकार्य बढेको देखिन्छ ।

प्रतिक्रिया