३ आश्विन २०८१, बिहिबार | September 20, 2024

रेशमको ‘तासको घर’ ढल्दै, जातीय राजनीतिमाथि धक्का,


1.3k
Shares

काठमाडौं, ६ वैशाख । टीकापुर दंगा योजनावद्ध थियो । त्यो घटनाले देशको राजनीतिमा दुरगामी असर पार्ने माहोल पैदा ग¥यो । बाह्य शक्तिले नेपालको सुरक्षाकर्मीप्रति निश्चित समुदायमा घृणा पैदा गराउने उद्देश्य राखेका थिए । त्यसमा केही सफल भए । अर्को तथ्य उनीहरु नेपालमा जातिवादी राजनीतिलाई प्रोत्साहन गर्न चाहन्थे । त्यसमा पनि धेरै हदमा सफल भए । सुरुमा मधेशी समुदायलाई उचालेका त्यही शक्तिले पछि त्यहाँबाट अर्को उग्र शक्ति विकास गरे । थरुहट भन्दै उग्र बनेका समूहलाई राजनीतिक रुपमा स्थापित गर्ने घटना थियो टीकापुर । त्यो घटनाले रेशम चौधरीलाई संसदमा पु¥यायो । उनी जेलबाट निस्कने अवस्था समेत विकास भयो ।

थारुको मुद्दाबाट उदाएको नागरिक उन्मुक्ति पार्टी अहिले तासको घर जस्तै बनेको छ । यो कुनैपनि बेला गर्लामगुर्लुम ढल्छ । जातिय राजनीति खुम्चिएर दम्पत्ति र परिवारवादको मुद्दामा सिमित भएको छ । सत्ताको संघर्षमा यसका पूरै लक्षणहरु देखिइसकेको छ । नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका पति रेशम चौधरीबीचको झगडाले सांसदहरु पनि विभाजित भएका छन् । उनीहरु प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भनी विवादमा छन् । रोचक त यो छ कि सुदूरपश्चिम प्रदेशको सरकार गठनमा नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीको दाबी प्रस्तुत गरे ।

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र उनको दलका प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेकोमा रञ्जिताका पति रेशम चौधरी पक्षधर लक्ष्मण किशोर चौधरीले नेपाली काँग्रेस, नेकपा एस, राप्रपा र नागरिक उन्मुक्तिका सांसदको हस्ताक्षर लिएर दाबी पेश गरेका थिए । पछि एसले लक्ष्मणलाई दिएको समर्थन फिर्ता गरिदियो ।

लक्ष्मणको पक्षमा २९ सांसद रहेको दाबी गरिएको थियो । कैलाशको पक्षमा २७ रहेको दाबी गरिएको थियो । दुवैले नागरिक उन्मुक्तिका सांसदहरुको हस्ताक्षर पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले समर्थनबारे अध्ययन गरेर निर्णय लिने बताएका थिए । मियाँको भूमिका पनि शंकास्पद बन्यो । उनले सत्ता पक्षको फाइदामा काम गरे । मुख्यमन्त्रीका दाबेदार चौधरीद्वयलाई केन्द्रमा सत्तामा रहेको र विपक्षीमा रहेको फरक दलहरुले समर्थन गरेपछि नयाँ सरकार गठनमा अलमल भएको थियो । मुख्यमन्त्री मियाँले सांसदहरुलाई रुजुका लागि बोलाउने तयारी गरेका थिए । तर, लक्ष्मणलाई एसले समर्थन नगर्ने भएपछि नयाँ घटना विकास भयो ।

नागरिक उन्मुक्तिको घरझगडाले उक्त पार्टी विभाजनको संघारमा छ । रेशम चौधरी वर्तमान सत्ता गठबन्धनको विरोधमा छन् । रञ्जिता समर्थनमा छिन् र सत्तामा जान आतुर छिन् । पार्टीको घरझगडा बढेर उनीहरुको आधारक्षेत्रसम्मको राजनीतिमा असर देखिएको छ । उक्त दलको आधारक्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशको सरकार गठनमा ठूलै विवाद छताछुल्ल भएको छ । यसले जातिय राजनीति दीगो हुँदैन भन्ने सन्देश प्रवाह भएको छ ।

प्रतिक्रिया