३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतको निर्वाचनमा पर्यवेक्षमा कुन कुन दललाई डाकियो


332
Shares

काठमाडौं, २८ चैत्र । भारतको लोकसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपालका प्रमुख राजनीतिक दललाई निम्तो आएको छ । निम्तो पाउनुमा सबैजसो प्रमुख दल रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सत्तारुढ भारतीय जनता पार्टी, विपक्षी कँग्रेस आईलगायतले नेपालमा मित्रवत् सम्बन्धमा रहेका दलहरुलाई निम्तो गरेका हुन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, मधेश केन्द्रित दलहरु निम्तो पाउनेमा छन् । उनीहरु भारतको लोकसभा चुनावको पर्यवेक्षण गर्न प्रतिनिधि पठाउँदैछन् ।

भारतमा ६ चरणमा लोकसभा चुनाव हुने भएको छ । चुनावमा सत्तारुढ भाजपा र उसको गठबन्धनमा रहेका दलहरु बलियो स्थितिमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया