६ आश्विन २०८१, आइतबार | September 22, 2024

रविको बचाऊमा ओली


830
Shares

काठमाडौं, २७ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताको संरक्षणमा मरिमेट्ने नेता पर्छन । त्यसैले एमालेका नेता कार्यकर्ता जो ओलीको निकट छन् उनीहरु जतिसुकै गम्भीर मुद्दा या आरोपमा परेपनि जोगिन्छन् ।

ओली आफूलाई साथ दिने अन्य दलका नेतालाई पनि बचाउँछन् । उनी तिनको बचाऊमा खुलेरै उत्रिन्छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठकमा त्यस्तै भयो । ओली गृहमन्त्री रवि लामिछानेको बचाऊमा लागे ।

रविविरुद्ध नेपाली काँग्रेस खुलेरै लागेको छ । उनलाई सहकारी ठगीको आरोपी भन्दै कारबाहीको माग गर्दै आएको छ । रविमाथि संसदीय छानविन बनाएर बढ्नुपर्ने काँग्रेसको माग छ । यहीबारे बालुवाटारमा छलफल भयो । काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समिति बनाउन प्रस्ताव राख्दा रविले आरोप लाग्दैमा पद छाडिहाल्नुपर्ने हो ? भनेका थिए ।

रविलाई रोकेर ओली बोल्न थाले । उनी एक घण्टा बोलेको बोल्यै गरे । काँग्रेसले पूर्वाग्रही भएर रविको विरुद्ध लागेको आरोप लगाए । उनले समिति बनाउने विषयको विरोध गरे ।

बालुवाटारमा ओली पूरै रविको बचाऊमा लाग्दा आफ्नो विश्वासपात्र उनी नै हुन् जसरी प्रस्तुत भए । यो देखेर काँग्रेस नेताहरु ओली र रवि जोड्ने तन्तुको खोजीमा लागेका छन् ।

प्रतिक्रिया