३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतको सहयोगमा निर्माण हुने दिदिङ आधारभूत विद्यालयको भवन शिलान्यास


249
Shares

काठमाडौं, २६ चैत्र । सङ्खुवासभास्थित दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास भएको छ । भारतको सहयोगमा निर्माण हुने भवनको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले सोमबार एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ४ करोड आर्थिक सहयोगमा भवन निर्माण हुनेछ । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने जनाइएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र सङ्खुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

कार्यक्रममा बोल्दै चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पाले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

सङ्खुवासभाको चिचिला गाउँपालिकास्थित श्री दिदिङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउने आशा गरिएको छ ।

प्रतिक्रिया