३ आश्विन २०८१, बिहिबार | September 20, 2024

अन्तर्राष्ट्रिय नेपाल-भारत संस्कृत सम्मेलन सुरु


332
Shares

काठाडौं, १५ चैत्र । अन्तर्राष्ट्रिय नेपाल-भारत संस्कृत सम्मेलन काठमाडौंमा सुरु भएको छ । बुधबार साँझ ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्मेलनको उद्घाटन गरेका हुन् ।

तीन दिन चल्ने सम्मेलनमा नेपाल र भारतका संस्कृतका विद्धानहरु सहभागी छन् । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल चलिरहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै ऊर्जामन्त्री शक्ति बस्नेतले संस्कृतको महत्वबारे व्याख्या गरेका थिए । उनले संस्कृत भाषामा ऐतिहासिक महत्वका ग्रन्थहरु भएकाले यसको महत्व निकै रहेको बताए ।

सम्मेलनमा नेपाल र भारतका संस्कृतका विद्धानहरुले विभिन्न कार्यपत्र र छलफलले संस्कृत भाषा र दुवै देशको सम्बन्ध मजबुत बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

सम्मेलनको आयोजकमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल, केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्ली, इन्डिया फाउन्डेशन, नयाँ दिल्ली रहेका छन् ।

प्रतिक्रिया