२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

एसईईको परीक्षा आजदेखि, विदेशबाट पनि परीक्षार्थीहरु सहभागी हुँदै


0
Shares

काठमाडौं, १७ चैत्र । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार एसईईको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुनेछन् ।

बोर्डको अनुसार २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन् । यस वर्ष विदेशबाट पनि परीक्षार्थीहरु परीक्षामा सहभागी हुनेछन् । बोर्डको अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरु ४० जनाले जापानबाटै परीक्षा दिन लागेका हुन् । बालबालिकाहरुले जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढिरहेका छन् ।

७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

बोर्डले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख, बोर्डका ७ प्रादेशिक कार्यालय र ५ शाखा कार्यालय प्रमुख, ७ प्रदेशका शिक्षा हेर्ने सचिव र प्रदेश शिक्षा निर्देशनालयका निर्देशकसहितको बुधबार बसेको बैठकले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन सबै पहल गर्ने निर्णय गरेको छ ।

देशभर २ हजार ३६ र जापानको लागि जापानको टोकियोमा एक परीक्षा केन्द्रसमेत गरी यसपटक २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षामा परीक्षाको गोप्यता कायम गर्न र परीक्षार्थीहरूलाई हतोत्साही हुन नदिन भन्दै परीक्षा हलभित्र सञ्चारकर्मीहरूलाई प्रवेशका साथै फोटो र भिडियो खिच्न निषेध गरिएको छ ।

प्रतिक्रिया