७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

कमलपोखरी माँसेर छायाँ सेन्टर बनाउन पृथ्वी पाण्डे र रामशरण महतको यस्तो रहेछ साँठगाँठ


31.2k
Shares

काठमाडौं, १ चैत्र । ठमेलस्थित कमलपोखरी माँसेर बनाइएको छायाँ सेन्टरमा बैंकर पृथ्वीबहादुर पाण्डे आवरणमा देखिएपनि भित्र भित्र पूर्वअर्थमन्त्री डा. रामशरण महत पनि संलग्न रहेको तथ्यहरु सरकारी प्रतिवेदनमै खुलाइएको को छ । यसबारे सरकारद्वारा २०७६ सालमा गठित आयोगले नै पाण्डे र महत दुवै संलग्न रहेको तथ्यसहित प्रतिवेदन बनाएको खुलेको हो ।

पूर्वन्यायाधीश मोहन रमण भट्टराईको अध्यक्षतामा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा छायाँ सेन्टर बनाउन प्रमुख रुपमा ४ बैंकको कर्जा लगानीका लागि महतले सत्ता र शक्तिको दुरुपयोग गरेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘प्रमुख रुपमा विभिन्न ४ प्रमुख बैंकको कर्जा लगानी रहेको छ । त्यो सबै व्यवस्था उनै डा. महत र पृथ्वी पाण्डेको मिलेमतोमा भएको हो । महत अर्थमन्त्री भएकै बखत त्यस्तो व्यवस्था मिलाइएको थियो । राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, प्रभु बैंकले समेत लगानीको वातावरण उनीहरुले गरेका थिए ।’

राजनीतिक शक्ति र प्रभाव प्रयोग गरेर डा. महतले सार्वजनिक जग्गा मिचेर व्यापारिक संस्था खडा गराएको तर उनीसहित पृथ्वीबहादुर पाण्डेलाई कानूनी कारबाही गर्ने र कानूनको दायरामा ल्याउने काम हुन नसकेको उल्लेख छ ।
छायाँ सेन्टर ५ अर्ब लगानीमा बनेको र एउटै भवनमा मिनि ठमेल बनाउने लक्ष्य त्यतिबेले राखिएको प्रतिवेदनमा भनिएको छ । कुल १५ रोपनी क्षेत्रफलमा फैलिएको भवनमा १२ रोपनी कुनैबेला सिंह सार्थबाहु गुठीको नामको पोखरी रहेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘मालपोत कार्यालयको रेकर्ड हेर्ने हो भने जग्गा अहिले पनि सार्वजनिक पोखरी कायम छ । मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको समेत संलग्नतामा जग्गा व्यक्तिको नाममा पुर्याइएको छ ।’

प्रतिक्रिया