७ आश्विन २०८१, सोमबार | September 23, 2024

‘प्रधानमन्त्रीलाई विश्वासको मत, कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’


8.5k
Shares

प्रकाश रायमाझी । सधैँ राजनीतिक अस्थिरता दलीय स्वार्थको नकरात्मक प्रभावले मुलुकको अर्थतन्त्र जिर्ण बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूको मनोमानी बाट इमान्दार उद्यमी व्यवसायीहरू चिन्तित छन् । अर्कोतर्फ, व्यवसायीहरू माथि सरकारको ठाडो हस्तक्षेप ।

रोजगार तथा स्वरोजगारको वातावरण सरकारले बनाउन नसक्नु वैदेशिक रोजगारीको बाध्यात्मक परिस्थिति देशमा उत्पन्न हुनु दलीय नेताहरूको अकर्मण्यताको ज्वलन्त उदाहरण हो । कृत्रिम महंगी, अव्यवहारिक कर नीति तीन तहको सरकारले नेपाली जनतालाई दिनप्रतिदिन हातमुख जोड्नै नसक्ने अवस्थामा पुर्याउँदै गएको छ । त्यसमाथि पनि व्यापक भ्रष्टाचार सर्वत्र कुशासन यो गठजोडको प्रचण्ड सरकारको नेतृत्वले आगामी दिन कुनै आशा लाग्दो र जनताले सुशासनको अनुभव गर्न पाउने छैनन् । धुर्त केपी ओली, पारिवारिक स्वार्थमा लिप्त भएका भ्रष्टाचार चुर्लुम्म डुबेको १७ हजार मान्छेको रगतको आहालमा पौडी खेलेको यो प्रचण्ड सरकारले १५७ मत ल्याउँदा खुसी हुनुपर्ने कारण छैन् । शेरबहादुर कांग्रेस गठबन्धन वा विद्यमान अवस्थामा नेपाली जनताले खोजेको परिवर्तनको अवस्थामा केही फरक हुने छैन् । दैनिक जीवनमा सुधार अग्रगतिमा हुनुपर्ने विकास अब कोरा कल्पना हुँदै गएको छ।

विश्वासको मत कागलाई बेल पाक्यो, हर्ष र बिस्मात बनेको छ । लाचार प्रशासन भ्रष्टाचारको आहालमा डुबेको विद्यमान परिस्थितिमा जनता न्यायविहीन भएका छन्। जनतालाई सधैँ झुक्काउने यी थोत्रा भ्रष्ट नेताहरूको अकुत सम्पत्ति राष्ट्रियकरण गर्न सशक्त आयोग बनाएर छानबिन गर्न प्रचण्डजी तयार हुनुहुन्छ ?? तिनका देशविदेशमा रहेका सम्पत्ति राष्ट्रियकरण गर्ने सुशासनको निमित्त तपाईं तयार हुनुहुन्छ प्रचण्डजी ?? सर्वहारको नारा दिँदै देश दोहनमा लाग्नुभएका प्रचण्डजी तपाईंलाई यो धर्तीले सरापिरहेको छ। मोक्ष पाउन पनि निषेधको राजनीति र दलालीतन्त्रको अन्त्य गरेर आफ्नो पापको प्रायश्चित गर्ने मौका आएको छ।

हिम्मत गर्नुस् तपाईंबाटै भ्रष्टाचारको छानबिन गरौं ?? दूधको दूध पानीको पानी यो व्यवस्थाको आडमा भएका विकृति र विसंगतिको अन्त गर्न तपाईंले के साहस गर्नुहुन्छ ?? न्याउरो नेपालीको अनुहार अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम भएको नेपालीको शिर उच्च गर्न तपाईंको यो सरकारले सक्छ ?? आर्थिक समृद्धि सुशासनको प्रत्याभूति निष्पक्ष पारदर्शी प्रशासनको पक्षमा यहाँ उभिन सक्नुहुन्छ ?? अन्यथा देश जलिरहेको छ व्यक्तिहरूको तुच्छ स्वार्थ पूर्तिमा राज्य आतंक मचिरहेको छ। नेपाली जनता स्वाधीन र स्वाभिमान छन् अब दासता युगको को अन्त्य गर्न फेरि आदि हुरी बन्न तयार भइसकेका छन् प्रचण्डजी विचार गर्नुस्। राष्ट्रघाती सन्धि–सम्झौता अझै कति हुनेछन् हेर्न बाँकी नै छ ।

लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।

 

प्रतिक्रिया