३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पश्चिमाको युग समाप्त हुन लागेको पुटिनको टिप्पणी


913
Shares

एजेन्सी, २९ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा संभ्रान्तहरुको युग समाप्त हुन लागेको टिप्पणी गरेका छन् । उनले केही शताब्दी पश्चिमा संभ्रान्तको दबदबा रहेकोमा युग समाप्त हुन लागेको टिप्पणी गरेका हुन् ।

रोसिया वनमा प्रकाशित पुटिनको अन्तवार्तामा पश्चिमाहरुलाई सुनौलो अर्बपतिको संज्ञा दिदै उनीहरुको भुँडी मानव मांशले भरिएको र गोजी पैसाले भरिएको समेत टिप्पणी गरे । एशिया, अफ्रिका र ल्याटिन अमेरिकालाई पश्चिमाहरुले चुसेको पुटिनको आरोप थियो । अब पिशाचको अत्याचार अन्त हुने समेत पुटिनको भनाई छ ।

पाँच सय वर्षयताको पश्चिमाहरुले निरन्तर शोषण गरेर एशिया, अफ्रिका र ल्याटिन अमेरिकालाई विपन्न बनाएको आरोप समेत लगाए ।

प्रतिक्रिया