१० मंसिर २०८१, सोमबार | November 25, 2024

माधव नेपालसँग डराए प्रचण्ड


1.5k
Shares

काठमाडौं, २८ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सत्ताको खेलमा निर्णायक शक्ति बनेका छन् । उनले साथ छाडिदिए प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा पर्ने भएका छन् ।

माधव नेपाल सजिलै प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छैनन् । नेपालनिकट एसका नेता मेटमणि चौधरीले विश्वासको मत नदिने आशयको अभिव्यक्ति दिएपछि प्रचण्ड डराएका छन् ।

मंगलबार केपी शर्मा ओलीलाई समेत बालुवाटारमा बोलाएर प्रचण्डले माधव नेपालसँग छलफल गरेका छन् । माधव नेपालले पनि प्रधानमन्त्रीको दाबी गरेपछि खेल रोचक मोडमा पुगेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले त माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन् । यसले कुनैपनि बेला सत्ताको खेल उल्टने परिस्थिति विकास भएको छ ।

बुधबार विश्वासको मत दिने तयारी भएकोमा माधव नेपाल ब्याक भएमा जसपाभित्र पनि गडबड हुनसक्छ । जसपाको बहुमत सांसद सरकारको विरोधमा देखिएका छन् । उपेन्द्र यादवले मात्र जर्बजस्ती सरकारमा जाने निर्णय लिएका छन् । तर, विश्वासको मत दिने निर्णय जसपाले पनि गरिसकेको छैन ।

जसपा र नेकपा एस ब्याक भएमा सरकार अल्पमतमा पर्न सक्छ । यसकारण पनि प्रचण्ड डराएका छन् ।

आफ्नो प्रधानमन्त्री बन्ने पालो आउँदै गर्दा प्रचण्डले पुरानो गठबन्धन तोडेकोमा माधव नेपाल असन्तुष्ट छन् । यसकारण पनि प्रचण्डलाई कुनैपनि बेला माधव नेपालले धोका दिने डर छ ।

 

प्रतिक्रिया