४ आश्विन २०८३, आइतबार | September 20, 2026

विपद्को घडीमा सहयोगका लागि एनभिएको अपिल, पीडितको राहतमा जुट्न सदस्यहरूलाई आह्वान


August 27, 2026
664
Shares

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) ले आकस्मिक बाढीबाट प्रभावित जिल्लाका पीडित परिवारलाई सहयोग गर्न आफ्ना प्रदेश समिति, च्याप्टर समिति तथा सम्पूर्ण सदस्यहरूलाई हार्दिक अपिल गरेको छ।

एनभिएका अध्यक्ष इ. संजयकुमार महतोले २०८३ भदौ १० गते आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेका हुन्।

एशोसिएसनले बाढी तथा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

एनभिएले संस्थागत रूपमा समेत पीडित परिवारको राहतका लागि सहयोग अभियान सुरु गरिसकेको जनाएको छ। अभियानमा सक्रिय रूपमा सहभागी भई सक्दो सहयोग गर्न एशोसिएसनका सम्पूर्ण सदस्यहरूलाई अध्यक्ष महतोले आह्वान गरेका छन्।

“विपद्को यो कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो,” भन्ने भावनासहित एनभिएले देशका विभिन्न क्षेत्रमा रहेका आफ्ना संरचना र सदस्यहरूलाई राहत तथा सहयोगका कार्यमा जुट्न आग्रह गरेको हो।

एनभिएको अपिलमा महासचिव इ। अशोक सिर्वाल र अध्यक्ष इ। संजयकुमार महतोको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया