१० श्रावण २०८३, आइतबार | July 26, 2026

गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति जेनजी आन्दोलनमा फरार कैदी


498
Shares

सिरहा । सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले ६ जनालाई पक्राउ गरेको थियो । गोली चलाएर ५ नेपाली र १ भारतीयलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका व्यक्तिमध्ये सप्तरीका दुई जनाविरुद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ । पक्राउ परेकामध्ये एकजना कारागारबाट फरार कैदी रहेका छन् भने अर्काविरुद्ध ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये सप्तरीको रुपनी गाउँपालिका-१ निवासी ४२ वर्षीय महम्द नाजिर मियाँ ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई २०८० साउन ३२ गते सप्तरी जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति रहेको खुलेको छ ।

उनी झुम्का कारागारमा कैद सजाय भोगिरहेका बेला २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

प्रतिक्रिया