क–कसले मागे ओलीको राजीनामा ?
काठमाडौँ । नेकपा (एमाले) का सचिवालय बैठकमा शुक्रबार चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भएको थियो ।
बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरुले बोलेका थिए । उनीहरुमध्ये रामबहादुर थापा बादलबाहेक चारजना उपाध्यक्षले पार्टीको पुनर्गठन गर्नुपर्ने भन्दै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न माग गरेको स्रोतले बतायो ।
उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन् ।
एमालेलाई कमजोर अवस्थामा पुर्याएको जिम्मावारी लिँदै ओलीले राजीनमा दिनुपर्ने र नेतृत्वको हस्तान्तरण हुनुपर्ने उनीहरुको माग थियो । बादल भने ओलीको प्रतिरक्षामा उभिए ।
ओलीले भने राजीनामा नदिने अडान लिएका छन् । उनले उपाध्यक्षहरुलाई विरोधीहरुसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाए । बैठक आजका लागि स्थगित गरिएको छ ।

