लमजुङ जिप दुर्घटनाः घाइते र मृतकको पहिचान खुल्यो
पोखरा । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते र मृतकको पहिचान खुलेको छ ।
मर्स्याङ्दी उस्ताकी ४० वर्षीया गंगामाया भन्ने त्रिवेणी गुरुङ र सोही ठाउँकी ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको हो ।
यस्तै, ५० वर्षकी विमलादेवी घलेको अवस्था गम्भीर छ ।
३४ वर्षकी रिता गुरुङ, सफल गुरुङ, ६२ वर्षका सन्त बहादुर घर्ती, २५ वर्षका करण अधिकारी, १८ वर्षका रुद्रमान घले, १० वर्षकी प्रिसिका गुरुङ र ३८ को सोमलाल तामाङको अवस्था मध्यम छ ।
२१ वर्षका प्रकाश गुरुङ, विमान घले र १९ वर्षीय इन्द्र घलेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


