१८ माघ २०८२, आइतबार | February 1, 2026

चाइना सरकारको चेतावनीलाई तत्काल समीक्षा गरियोस्ः विश्लेषक रायमाझी


February 1, 2026
3.5k
Shares

काठमाडौ, १८ आइतबार । राजनीतिक विश्लेषक एवं लेखक प्रकाश रायमाझीले चीन सरकारको चेतावनीलाई नेपालले तत्काल समीक्षा गर्नुपर्ने धारणा राखेका छन् । परराष्ट्रनीति जहिले पनि तटस्थ निष्पक्ष भू –राजनीतिक धरातललाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने उनको तर्क छ ।

‘परराष्ट्र मामलालाई ०४६ सालपछिदलहरुले आफू खुसी परिवर्तन गर्दै आउँदा चीन सरकारले नेपालको धोधारे नीति सचाउने कि सकिने भनेर एक हप्ते अल्टिमेटम दिएको घटनाले विश्व राजनीतिक तरंगित भएको छ।’–रायमाझीले एक विज्ञप्ती प्रकाशित गर्दै लेखेका छन्, ‘बारबारा फाउन्डेसनको सरकारले आफ्ना गल्तीहरु सच्चाएर स्वतन्त्र तिब्बतको अमेरिकन एजेन्डालाई तत्काल खारेज गर्नुपर्यो। चीन सरकारलाई विश्वस्त तुलाउन सक्नुपर्यो ।’

लेखक समेत रहेका रायमाझीले चीन सरकारको गम्भीर चेतावनीलाई अन्देखा गरेमा नेपालमा भयाभह परिस्थिति उत्पन्न हुने पनि चिन्ता व्यक्त गरेका छन् । असलग्न पराष्ट्र नीति हाम्रो राज्य नीति हो।
चीन सरकारको चेतावनीलाई सरकारले सम्बोधन नगरे सार्वभौम अखण्डता माथि चुनौती खडा हुने उनले आशय व्यक्त गरेका छन् ।

‘नेपाल सरकारको दोधारे पराष्ट्र नीतिले देश दुर्घटनाको अन्तिम घडीतर्फ उन्मुख भएको छ। पञ्चशीलको सिद्धान्त , असलग्न परराष्ट्र नीति एक चाइना नेपालले अपनाउँदै आएको परराष्ट्र मामलालाई ०४६ सालपछिदलहरुले आफू खुसी परिवर्तन गर्दै आउँदा चीन सरकारले नेपालको दोधारे नीति सच्चाउने कि सकिने भनेर एक हप्ते अल्टिमेटम दिएको घटनाले विश्व राजनीतिक तरंगित भएको छ। बारबारा फाउन्डेसनको सरकारले आफ्ना गल्तीहरु सच्चाएर स्वतन्त्र तिब्बतको अमेरिकन एजेन्डालाई तत्काल खारेज गर्नुपर्यो। चीन सरकारलाई विश्वस्त तुलाउन सक्नुपर्यो। अन्यथा चीन सरकारको गम्भीर चेतावनीलाई अन्देखा गर्यो भने भयाभह परिस्थिति उत्पन्न हुने निश्चित छ। परराष्ट्रनीति जहिले पनि तटस्थ निष्पक्ष भू –राजनीतिक धरातललाई मध्यनजर राखेर अगाडि बढ्नुपर्छ .। असलग्न पराष्ट्र नीति हाम्रो राज्य नीति हो। दलहरूले बुझेनन् भने निर्वाचनको नाउँमा उफ्रेको बारबार सरकारको कारणले सार्वभौम अखण्डता माथि चुनौती खडा गर्नेनिश्चित भयो। चाइना सरकारको चेतावनीलाई तत्काल समीक्षा गरियोस्।’

 

प्रतिक्रिया