यस्तो छ स्वतन्त्र उम्मेदवार संजिव गुरुङ्गको घोषणापत्र
काठमाडौं,९ माघ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नुवाकोट क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार संजिव गुरुङ्गले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेस परित्याग गरेका गुरुङ्गले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने, राजनीतिक सहभागिता चाकडी हैन योग्यतामा आधारित लगायतका विभिन्न ९ बुंदे चुनावी घोषणापत्र शनिबार सार्वजनिक गरेका हुन् ।
ल हेर्नुहोस् गुरुङको घोषणा पत्र
जनमुखी सुधार र संरचनागत परिवर्तनको घोषणापत्र
मूल संकल्प
दल–गुट होइन, नीति–न्याय।
संघीय बोझ होइन, सक्षम राज्य।
कोटा होइन, योग्यता।
नेपाललाई कमजोर बनाएको संघीय संरचना र समानुपातिक प्रणाली खारेज गरी,
एकीकृत, जवाफदेही र उत्पादनमुखी शासन प्रणाली निर्माण गर्नु नै यस घोषणापत्रको मूल उद्देश्य हो।
१। शिक्षा नीति (Education Reform – Nuwakot-1 Focus)
समस्या
– सामुदायिक विद्यालयको गुणस्तर खस्किएको
– निजी शिक्षा पहुँचभन्दा बाहिर
– सीप र रोजगारीबीच दूरी
नीति प्रस्ताव
– नुवाकोट–१ मा “एक क्षेत्र–एक नमुना सरकारी विद्यालय”
– कक्षा ८ देखि प्राविधिकरसीपमूलक शिक्षा अनिवार्य
– स्थानीय विषय ९कृषि, पर्यटन, जलविद्युत० समेटिएको पाठ्यक्रम
– गरिब, दलित, जनजाति विद्यार्थीलाई प्रत्यक्ष छात्रवृत्ति ९बिचौलिया बिना०
२। स्वास्थ्य नीति
समस्या
ड्ड सामान्य उपचारका लागि पनि काठमाडौं धाउनुपर्ने
ड्ड स्वास्थ्य बीमा कागजी मात्रै
नीति प्रस्ताव
– नुवाकोट–१ मा २४ घण्टा सेवा दिने “क्षेत्रीय स्वास्थ्य केन्द्र”
– आमा–शिशु, वृद्ध र दीर्घरोगीका लागि निःशुल्क आधारभूत उपचार
– स्थानीय स्वास्थ्य चौकीमा डाक्टर अनिवार्य उपस्थिति
– औषधि खरिदमा प्रत्यक्ष अनुगमन प्रणाली
३। कृषि नीति ९कृषक केन्द्रित०
समस्या
– मल, बीउ, बजार सबैमा बिचौलिया
– कृषकको पसिना, अरूको नाफा
नीति प्रस्ताव
– नुवाकोट–१ मा कृषि संकलन तथा प्रशोधन केन्द्र
– किसानलाई सिधै अनुदान ९नगदरबीउरउपकरण०
– न्यूनतम समर्थन मूल्य कानुनी ग्यारेन्टी
– सिंचाइ, भण्डारण र बजार पहुँच सुनिश्चित
४। वृद्धहरूका लागि आवश्यक पूर्वाधार
-प्रत्येक स्थानीय तहमा वृद्ध सेवा केन्द्र
-नियमित स्वास्थ्य परीक्षण र घरमै सेवा
– वृद्ध भत्ता बैंकरडिजिटलमार्फत प्रत्यक्ष
– एक्ला वृद्धका लागि सामुदायिक आवास
५। कृषकहरूलाई लक्षित आवश्यक पूर्वाधार
-कृषि सडक ९बजारसम्म जोडिने०
– चिस्यान भण्डारण गृह
-सस्तो कृषि ऋण (५५ भन्दा कम ब्याज)
-बीमा प्रणाली व्यवहारमा लागू
६। विद्यार्थीहरूलाई लक्षित पूर्वाधार
ड्ड छात्रावास ९ग्रामीण विद्यार्थीका लागि०
ड्ड डिजिटल पुस्तकालय र इन्टरनेट पहुँच
ड्ड परीक्षा, प्रमाणपत्र प्रक्रियामा दलाल निषेध
ड्ड स्थानीय छात्र रोजगार कार्यक्रम
७। व्यवसायहरूलाई लक्षित पूर्वाधार
-नुवाकोट–१ मा साना उद्योग ग्राम
– कर सरलीकरण र एकद्वार सेवा
– स्थानीय उत्पादनलाई सरकारी प्राथमिकता
– व्यवसाय सुरक्षाका लागि कानुनी स्थिरता
८। युवा पुस्तालाई लक्षित पूर्वाधार
– सीप (लगानी ) बजार जोडिएको युवा कार्यक्रम
-वैदेशिक रोजगारी विकल्प होइन, बाध्यता हटाउने नीति
– खेलकुद, नवप्रवर्तन केन्द्र स्थापना
-राजनीतिक सहभागिता योग्यतामा आधारित, चाकडी होइन
९। संविधान संशोधन स् मूल संरचनागत एजेन्डा
✦ संघीय संरचना खारेजी
किन ?
ड्ड दोहोरो सरकार . दोहोरो खर्च
ड्ड प्रदेश संरचना भ्रष्टाचारको कारखाना
ड्ड सेवा प्रवाह झन् ढिलो
प्रस्ताव
ड्ड एकीकृत शासन प्रणाली ९केन्द्र ं बलियो स्थानीय तह०
ड्ड मन्त्रालय संख्या कटौती
ड्ड विकास बजेट सीधै स्थानीय तहमा
✦ समानुपातिक प्रणाली खारेजी
किन ?
जनताको मत होइन, पार्टीको सूची
अयोग्य, दलाल र पहुँचवालाको प्रवेश
संसद जनताको होइन, पार्टीको नियन्त्रणमा
प्रस्ताव
पूर्ण प्रत्यक्ष निर्वाचन प्रणाली
सांसद . क्षेत्रप्रति प्रत्यक्ष उत्तरदायी
कार्यसम्पादन मूल्याङ्कन अनिवार्य
अन्तिम प्रतिबद्धता
म संसदमा दलको प्रतिनिधि होइन,
नुवाकोट–१ का जनताको आवाज भएर उभिन्छु।
कुनै गुट, कुनै सम्झौता,
सत्य र साहस बाहेक केही छैन।
संजीव गुरुङ
९स्वतन्त्र०प्रतिनिधि सभा सदस्य उम्मेदवार
नुवाकोट क्षेत्र नं १



