१० पुस २०८२, बिहिबार | December 25, 2025

विश्वप्रकाश शर्मा चुनाव नलड्ने


December 25, 2025
747
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभाको निर्वाचन नलड्ने निर्णय गरेका छन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । सिफारिस गरेकोमा पार्टीलाई धन्यवाद दिदैं उनले निर्वाचनमा भने उम्मेदवार नहुने स्पष्ट पारे । तर, उनले कारण भने केही खुलाएनन् ।

प्रतिक्रिया