यी हुन् जनक भण्डारी टिमका उम्मेदवार !
काठमाडौं,२५ मंसिर । संयुक्त राज्य अमेरिकामा सञ्चालित नेपाली संस्थाहरूमध्ये सदस्यताका हिसाबले सबैभन्दा ठूलो संस्था, नेपाली सोसाइटी अफ टेक्सास (एनएसटी) को नयाँ नेतृत्वको लागि १३ डिसेम्बरमा निर्वाचन हुँदैछ ।
सन् १९९८ देखि सक्रिय रूपमा सञ्चालन भइरहेको एनएसटीको २०२६–२०२७ नेतृत्वको लागि आ–आफ्नो प्यानलसहित वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी र महासचिव विजय भुसाल चुनावी मैदानमा छन् ।
भण्डारी समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. चण्डी भण्डारी, महिला उपाध्यक्षमा राधिका खराल, खुला उपाध्यक्षमा गुन्जन भण्डारी र महासचिवमा रामकृष्ण यादव उम्मेदवार घोषणा गरिएका छन् ।

त्यसैगरी, सचिव पदमा शुसिल गड्तौला, कोषाध्यक्षमा भोला मैनाली, सह–कोषाध्यक्षमा रेन्जिन लामा र युवा तथा विद्यार्थी संयोजकमा आदर्श भण्डारी भण्डारी टिमबाट प्रतिस्पर्धामा रहेका छन्।
नयाँ कार्यकालका लागि कार्यसमिति सदस्य पदमा अर्जुन बम, कृष्ण प्रसाई, उत्पल खड्का, रमेश थापा र प्रकाश नेपालले उम्मेदवारी दिएका छन् । यस्तै, महिला संयोजक पदमा यमुना थापा र स्पोट्र्स संयोजक पदमा उजित अधिकारी भण्डारी समूहका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
अनुभवी, युवा एवं बौद्धिक व्यक्तित्वहरुको बाहुल्यता रहेको टिम भण्डारीको पक्ष जित नजिक पुगेको सोसाइटीभित्र चर्चा हुन थालेको छ ।
स्थापनाको २७ वर्ष पूरा गरेको नेपाली समाज टेक्ससमा यसपटक इतिहासकै सर्वाधिक सदस्य संख्या पुगेको छ । ६ हजार १ सय ९१ जना साधारण सदस्य रहेको यो संस्थाको आगामी डिसेम्बर १३ (शनिबार) हुने निर्वाचनलाई अत्यन्त महत्वपूर्ण मानिएको छ ।
अध्यक्षका उम्मेदवार जनक भण्डारी र विजय भुसालमध्ये एकले एनएसटीको भावी नेतृत्व सम्हाल्नेछन् । एनएसटी अमेरिकामा रहेका नेपाली नागरिकको अभिभावक समान भूमिका निर्वाह गर्ने प्रतिष्ठित संस्था भएकाले यस निर्वाचनप्रति व्यापक चासो देखिएको छ ।


