१५ मंसिर २०८२, सोमबार | December 1, 2025

कांग्रेस बैठक आज, महाधिवेशनको कार्यतालिकामा छलफल हुने


December 1, 2025
0
Shares

काठमाडौँ । पटक–पटक सारिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा व्यापक छलफल हुने छ ।

कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन पटकपटक छलफल गर्दा कुनै पनि निर्णयमा पुग्न सकेको थिएन । बैठकलाई अनिर्णयको बन्दी बनाएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरे र उनी आमनिर्वाचनअघि नै पार्टीको महाधिवेशनका पक्षमा देखिए ।

कांग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गरे पनि महाधिवेशनबारे टुंगोमा पुग्न सकेको थिएन । कांग्रेसमा विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमागी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि आजको बैठकमा अर्को कार्यतालिकामा सहमति हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया