फेरी किन सर्यो कांग्रेस कार्यसमितिको बैठक ?
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । शुक्रवार २ बजे बोलाइएको बैठक आगामी आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ।
मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरू सहभागी हुनेछन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सर्दै आएको छ ।



