८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

पुरानो सत्ता र पार्टीका नेता कार्यकर्ता साथीहरुलाइ खुला सुझाव 


September 11, 2025
5.3k
Shares
रीता खनाल: 
नेपाली कांग्रेस तथा नेकपा (एमाले) लगायतका पार्टीका नेता तथा कार्यकर्ता  साथिहरु,
हाम्रो मुलुक यतिबेला शोकमा चुर्लुम्म डुबिरहेकोछ । २०८२ साल भाद्र २३ र २४ गते भएको युवा विद्रोहमा राज्यद्वारा ३४ जना जेन्जिको नृसंस हत्या भएको समाचार सार्वजनिक भएको छ । तर हत्या भएका युवाको सङ्ख्या यतिमा मात्र सिमित छैन । विभिन्न अस्पतालहरुका शव गृहमा अहिले पनि शव राखिएको छ । आजका जेन्जी पुस्ताका आमाबाबुसँग १ वा २ मात्र सन्तान छन् । उनीहरुको कोख र काख रित्यिएको  ४ दिन भैसकेको  छ । बिदेशमा रहेका घरपरिवार सदस्यलाई घर फर्कन विमानस्थल खोली देउ भन्दै विलौना गरेको, मेरो भाइको अन्तिम मुख हेछु भन्दै भावविव्हल भई अश्रु धारा बगाएका सन्देश सामाजिक  सन्जालमा देख्न सकिन्छ ।  जन्मदाता आफ्ना सन्तानसँगको वियोगमा अर्धचेत अवस्थामा छन् । शव छोपेर राखिएको छ । कति आमा बुवा अचेत अवस्थामा अस्पतालको शैया  मुर्छित हुँदै ब्युझदै अर्धचेत  अवस्थामा आफ्नो सन्तानको खोजी गर्दै रोइकराई गरिरहेका छन् ।
गोलि लागेका  सयौ  घाइते छोराछोरीहरु अस्पतालका शैयामा नै छन् । उनीहरुको चित्कार पनि सुन्नै नसकिने छ । कैयौ जेन्जीहरु बेपत्ता गराइएका छन् ।
आजको अवोध पुस्तालाई यो अवस्थामा ल्याउनका लागि तपाईहरुले आफ्नो जीवन र जवानी खर्चनु भएको हो? नेपालमा यति भयानक विद्रोह भएको साता दिन व्यतित हुन नपाउँदै जुन भ्रष्ट, अन्यायी, अत्याचारी, निरङ्कुह, नातावादी, कृपावादी र विवेकहीन पुस्ताको वकालत सामाजिक सञ्जालमा गर्न तपाईहरुले सुहाउने कुरा हो ?
बिगत ३० बर्ष देखि निरन्तर  सत्ता र सरकार  केन्द्रित  राजनीतिको दुर्गन्धित  आहालमा डुबेर  यो मुलुकमाथि नितिगत र सस्थागत भ्रष्टाचारको साम्राज्य  खडा  गरेको चरम कुशासनको बिरुद्ध के तापाइहरु स्वयं  आन्दोलित हुनु पर्ने थिएन? पार्टी र सरकारको सुख सुविधानमा रमाएर देशमा लुटपाटको मतियार भएर बस्ने अनि आज भ्रष्टलाई जेन्जीले विस्थापित गर्दा तपाईहरुले प्रतिकार गर्ने समय आएको छ? जेन्जीले गर्ने सङ्घर्ष तपाईहरुले गर्नु पर्ने थिएन? तपाईहरुले लड्ने लडाई जेन्जीले लडोकोमा तपाईहरुलाई किन पीडा भई रहेको छ ?
देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म पुग्दा र जेलनेल भोगेर ७३ वर्षिय प्रधानमन्त्री र ५ पटक मुलुकको प्रधानमन्त्री भई सकेको परिपक्क ८१ वर्षीय व्यक्ति सत्ता गठवन्धनको साझेदार नेता हुँदा नेपालको संविधान (२०७२) ले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक खोस्ने कलङ्कित ऐतिहास�

प्रतिक्रिया