१६ भाद्र २०८२, सोमबार | September 1, 2025

देशैभरी दसैँका लागि खुल्दैछन् सुपथ मूल्य पसल (स्थानसहित)


September 1, 2025
166
Shares

काठमाडौँ, १६ भदौ। सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउदैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरमा १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले पनि देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनुसार यी पसलबाट विभिन्न खाद्यान्न प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट पाइन्छ ।

प्रतिक्रिया