३१ श्रावण २०८२, शुक्रबार | August 15, 2025

कांग्रेस काठमाडौं क्षेत्र नं ९ को बृहत छलफल कार्यक्रम सम्पन्न


August 15, 2025
3.8k
Shares

काठमाडौं,३० साउन । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ९ ले बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं क्षेत्र नं ९ का सभापति जयकृष्ण महर्जनको सभापतित्वमा शुक्रबार पार्टीका अनुभवी नेता एवं कार्यकर्तासँग सांगठनिक विषयमा भेटघाट तथा बृहत छलफलको आयोजना गरिएको हो ।

नैकाप स्थित नैकाप पार्टी प्यालेसमा भएको सो छलफलमा सभापति महर्जनले उपस्थित नेता एवं कार्यकर्तालाई धन्यवाद दिंदै सबैका सुझाव तथा सल्लाह लिन कार्यक्रम राखिएको बताए । सुझावले आगामी दिनमा अघि बढ्न पनि सहज हुने उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य ध्यानगोबिन्द रन्जित, महाधिवेशन प्रतिनिधि दामोदर गौतम, महासमिति सदस्य धर्मराज गौतम, पूर्व केन्द्रीय सदस्य किरण गिरी, कांग्रेसका विभिन्न ५ भातृ संगठनका सभापतिहरु, १४ वटा वडाका कांग्रेसका इकाई सभापतिहरु, ८ वटा वडाका अध्यक्षहरु, युवा नेता माधव न्यौपाने,बुद्धिजिवि,समाजसेवी र स्थानीयहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सञ्चालन भने सचिव सन्तोष गिरीले गरेका थिए ।

प्रतिक्रिया