२७ श्रावण २०८२, सोमबार | August 11, 2025

आज यी क्षेत्रमा सतर्कता अपनाउनु होला


August 11, 2025
83
Shares

आकस्मिक बाढीको जोखिम
काठमाडौं,२६ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ । देशभर साधारणतया बदली रहेको छ। देशका धेरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ ।

देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी, आज राती देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

 

प्रतिक्रिया