पशुपतिमा कालीबाबाको दशमहाविद्या रूद्रहवन महायज्ञ रोक्ने प्रयास कसले गर्यो ?

काठमाडौं। कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञ रोक्ने प्रयास असफल भएको छ। उक्त महायज्ञलाई विघ्नबाधा गर्नका लागि सर्वोच्च अदालतसम्म पुगेर प्रयास गरेपनि उक्त प्रयास असफल भएको हो । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले महायज्ञ रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। वरिष्ठ अधिवक्ता पुण्यप्रसाद खतिवडाले दायर गरेको उक्त रिटमा कारण देखाउ आदेश जारी गरेपछि महायज्ञ सञ्चालनमा कुनै बाधा अवरोध नहुने भएको हो।
वरिष्ठ अधिवक्ता खतिवडाले पशुपतिनाथको वनकाली क्षेत्रमा कालिका साधनाश्रम, नेपाल नामक संस्थाले गरिरहेको दश महाविद्या रुद्रहवन महायज्ञ रोक्न माग गर्दै सर्वोच्च अदातलमा रिट दायर गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाएर दायर गरिएको उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महायज्ञ सहज रूपमा सञ्चालन हुने भएको छ।
महायज्ञ तत्काल रोक्नुपर्ने, पशुपति वनकाली क्षेत्रमा निर्माण गरिएका संरचनाहरु उक्त आयोजक संस्थाक सम्पूर्ण लागत तथा खर्चमा हटाउन लगाउनुपर्ने, खनिएका खाल्डा र कुण्डहरु तत्काल पुर्न लगाउनुपर्ने, बिगारिएका, भत्काइएका र थपिएका संरचनाहरू तत्काल पूर्ववत् अवस्थामा फर्काउनुपर्ने लगायतका मागहरू राखेर सर्वोच्च अदालतमा रिट दायर भएको थियो। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको डिजाइनमा हालिएको उक्त रिटलाई सर्वोच्च अदालतले ‘कोमा’मा पुऱ्याइदिएको छ। कालीबाबाले गरेको खुर्सानी हवनले महायज्ञ रोक्ने कुचेष्टा नास बनाइदिएको हो।
श्री १००८ महामण्डलेश्वर कृष्णानन्द परमहंस स्वामी कालीदास ९कालीबाबा०को उपस्थितिमा पशुपतिको हंसमण्डमा श्री दशमहाविद्या रूद्रहवन महायज्ञ भइरहेको छ। दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकमा प्रसिद्धि कमाएका कालीबाबाको उपस्थितिमा १४ गते बुधबारदेखि सुरू भएको उक्त महायज्ञ २४ गते शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ। उक्त महायज्ञमा सहभागी हुन मोदी क्याबिनेटका प्रभावशाली मन्त्री सर्वान्द सोनोवल शुक्रबार बिहानै काठमाडौं उत्रिने तयारी छ।भारतीय परिवहनमन्त्री सोनोवल काठमाडौं आएर महायज्ञमा सहभागी हुने भएपछि हतारहतार सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। तर, सर्वोच्च अदालतले पवित्र कार्यलाई अवपित्र बनाउने समूहलाई साथ दिएन। शनिबारसम्म चल्ने महायज्ञ निर्वाध रुपमा सञ्चालन हुने भएको छ।
श्री १००८ स्वामी महामण्डलेश्वर कालीदास बाबाको संकल्पमा सञ्चालन भइरहेको ‘दशमहाविद्या रुद्रहवन महायज्ञ’ अहिले निकै चर्चामा रहेको छ। खुर्सानी हवनका नामले समेत चर्तित रहको उक्त महायज्ञ सुरू भएको बुधबार ८ दिन भएको छ। हंसमण्डपको मुख्य पण्डालमा भइरहेको उक्त महायज्ञमा सृष्टिको आदिशक्ति स्वरूप १० महाशक्तिहरू काली, तारा, त्रिपुरासुन्दरी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धूमावती, बगलामुखी, मातङ्गी र कमलाको आह्वानसहित वैदिक(तान्त्रिक विधिद्वारा पूजा(साधना भइरहेको छ। रूद्रहवनस्( रूद्ररूप शिवको श्रीरूद्रम्, चामकम् र महामृत्युन्जय मन्त्रको अग्निमार्फत् सहश्र आहुतिसहित आह्वान हो। उक्त महायज्ञलाई नेपालमै दुर्लभ मानिएको छ ।