२१ श्रावण २०८२, मंगलबार | August 5, 2025

गुल्मीमा खोलाले कार बगाउनुको यस्तो छ कारण


166
Shares

गुल्मी २० साउन । गुल्मीमा डहरे खोलाले कार बगाएको छ ।

मंगलबार बिहान पौने १२ बजे बीएए००७ नम्बरको कार ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कार बगाए पनि कुनै मानविय क्षति भएको छैन् ।

आएतबारदेखि गुल्मी, गण्डकी प्रदेशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ । डहरे खोलामा पक्की पुलको अभावले खोला तर्ने क्रममा सवारी साधनहरु बगाउने गरेको छ भने सो क्षेत्रका नागरिक र यात्रुहरुले पनि वर्षौदेखि सास्ती खेप्दै आइरहेका छन् । जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता छ ।

सवारीसाधनको अत्यन्तै चाप रहेको सो सडकमा पक्की पुल र सडकको अवस्था अत्यन्तै दयनीय छ । पक्की पुल नहुँदा डहरे खोलामा अत्यन्तै जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।

खोलाले बगाएको कारलाई स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको छ ।

प्रतिक्रिया