भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न सेवा थप

काठमाडौ । हरेक बर्ष जुलाई २७ को दिन मनाइने विश्व टाउको तथा घाँटी क्यान्सर दिवस आज जनचेतना बढाउने उद्देश्यले विश्वभरी नै मनाइएको छ ।
यसै दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना पैmलाउने मुख्य उद्देश्यले आज क्यान्सर विजेता, स्वास्थ्यकर्मीहरुको सहभागितामा एक विशेष कार्यत्रमको आयोजना गर्नुका साथै आजैदेखि केही सेवाहरु थप गरेको छ ।
अस्पतालले आजैदेखि दन्त तथा मुख रोग विभाग, स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड शुरु गरेको छ । यसै अवसरमा अस्पतालले यसै महिनाबाट मानसिक तथा मनोपरामर्श सेवा पनि शुरु गर्ने र जसले बिरामी र आफन्तका विक्षिप्त मनलाई आवश्यक सरसल्लाह दिएर सहजीकरण गर्नुहुने अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। उज्ज्वल चालिसेले जानकारी दिनुभयो ।
यस्तै अस्पतालले प्लाष्टिक एण्ड रिकन्स्ट्रकटिभ सर्जरीको लागि सुष्मा कोइराला अस्पतालसँग सहकार्य गरेको छ । जसले जटिल किसिमका मुख, घाँटी, स्तन लगायतका अपरेसन गरेपछि शरीरको त्यो भागलाई पहिले जस्तो दुरुस्तै बनाउन सकिने अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालले मुख जिब्रो र घाँटीको अपरेसन रेडियसनपछि खाना निल्न या बोल्नलाई असहजता हुने भएकाले सोको निराकरण गर्न स्पीच एण्ड स्वालोविङ्ग थेरापी समेत शुरु गरेको छ । यसैगरी आजदेखि नै भक्तपुर क्यान्सर अस्पतालले पहिलो पटक दन्त उपचार सेवा डेन्टल ओपीडी समेत शुरु गरेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले एमडीएस डाक्टर उपलब्ध गराईदिएको अस्पतालले जनाएको छ ।
नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ । यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र शुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका छन् । तर जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो चरमा मात्र अस्पताल आउने गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। उज्ज्वल चालिसेले बताउनुभयो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। चालिसेले टाउको तथा घाँटी क्यान्सरविरुद्ध सबै सरोकारवालाहरु सरकार, स्वास्थ्यकर्मी, गैर सरकारी संस्था, सञ्चारमाध्यम सबैलाई आह्वान समेत गर्नुभएको छ । उहाँले क्यान्सर विजेताहरु आपूmहरुको आशा भएको उल्लेख गर्दै सम्बोधनका क्रममा भन्नुभएको छ– तपाईंहरुको जीतले हामी सबैलाई सिकाउँछ कि क्यान्सरको सामना सम्भव छ । तपाईंहरु केवल बिरामी होइन, आशाका प्रतिनिधि, चेतनाका दूत र परिवर्तनका अगुवा बन्नुभएको छ ।