३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

संसदमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर


83
Shares

काठमाडौं, ७ साउन । आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन् भने त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 

प्रतिक्रिया