६ श्रावण २०८२, सोमबार | July 21, 2025

मुख्यराज मार्गका ६ र ५ ठाउँमा एकतर्फी सवारी संचालन (सूचनासहित)


332
Shares

काठमाडौं,५ साउन । शनिबार राति देखि आएको वर्षाका कारण बाढी पहिरोले मुख्य राज मार्गका ६ स्थानमा सवारी आवागमन पुर्णरुपमा बन्द भएको छ । पाँच स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन भएको छन् ।

अविरल वर्षाले संखुवासभास्थित कोशी राजमार्ग,बाढीले पाँचथरस्थित मेची राजमार्ग, तमोर–कोरिडोर सडक खण्ड,नबलपुर पूर्वको कालिडोल सडक, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पुर्ण रुपमा अवरुद्ध छन् ।

नेपाल प्रहरीले सोमबार बिहान अध्यावधिक गरेको विवरणअनुसार काठमाडौं–नुवाकोट सडकखण्ड, बाग्लुङको मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करीडोर, रोल्पाको सहिद राजमार्ग भने एकतर्फी रुपमा सवारी सञ्चालन भएका छन् ।

प्रतिक्रिया