२८ असार २०८२, शनिबार | July 12, 2025

काठमाडौं–१४ को ‘करदाता सचेतना कार्यक्रम’ सम्पन्न


10.1k
Shares

काठमाडौं,६ असार । काठमाडौं महानगरपालिका वडा नं.१४ ले ‘करदाता सचेतना कार्यक्रम’ भव्यरुपमा सम्पन्न गरेको छ । सो कार्यक्रम शुक्रबार (आज) कंलकीस्थित कोजी फुडल्याण्डमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका कर विभाग प्रमुख दिपक अधिकारीले कर सम्बन्धि महत्वपुर्ण प्रशिक्षण प्रदान गरेका थिए । अधिकारीले कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विभिन्न जानकारी गराएका थिए । व्यवसायीहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्याबारे पनि ध्यानाकर्षण गराएका थिए ।

वडा नं.१४ का वडाध्यक्ष सुमन श्रेष्ठले व्यवसायीहरुलाई आफ्नो व्यवसाय गर्दा दर्ता नविकरणदेखि राजस्व सम्बन्धि ज्ञान पनि हुनुपर्ने बताए । कर सम्बन्धी आइपर्ने समस्याहरुको बारेमा धेरै जिज्ञासाहरु आउने गरेकाले बेला बेलामा करदाता शिक्षा कार्यक्रम गर्दै आएको पनि सुनाए ।

करिब ८० जना स्थानीय व्यापारीहरुको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा वडा सदस्य शोभा खड्का कार्कीले स्वागत मन्तव्य दिएकी थिइन् भने वडा सचिव जयदेव घिमिरेले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु अच्युत सापकोटा,अनिता नेपाली,नविन नकर्मी, लेखा अधिकृत मनोज गौतमलगायत स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया