२५ जेष्ठ २०८२, शनिबार | June 7, 2025

टेरामक्स प्रकरणमा मोहन बस्नेतसहित १६ विरुद्ध अख्तियारको मुद्दा


6.4k
Shares

काठमाडौं, १ जेठ । टेरामक्स घोटाला प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बीगो र सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका प्रतिवादीहरुमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनाल, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, निर्देशकहरु विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता भ्यानराइल सोलुसन साल अफसोर र सोका मुख्य व्यक्ति प्रमुख कार्यकारी निर्देशक जमन अनुटी, स्थानीय एजेन्ट कनेक्शन ट्रेड लिंक र सोका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेज प्रसाद खरेल रहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

अख्तियारले टेरामक्स खरिद कार्यक्रमा परामर्शदाताको छनौट गर्दा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी रिक्वेस्ट फर प्रोपोजलमा सहभागी गराई छनौट गरी अनियमितता गरेको आरोपपत्रमा उल्लेख गरेको छ । मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनका लागि निर्देशन दिएको भनिएको छ । यही प्रकरणमा मुछिएका तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गोकुल बाँस्कोटा भने मुद्दाबाट जोगिएका छन् ।

नेपाली पेनले टेरामक्स घोटाला प्रकरणको शृंखलावद्ध समाचार प्रकाशित गर्दै आएको थियो । टेरामक्समा संलग्न र घोटालाको तथ्यगत विवरण नै प्रस्तुत गर्दै आएको थियो ।

टेरामक्स अनियमितताको मुद्दा अख्तियारले विशेष अदालतमा लैजाने,कार्की र बस्नेत जोगिएलान् ?

अख्तियार प्रमुख राईले गरे टेरामक्स प्रणालीमा मुद्दा हाल्ने खुलासा, को को हाइप्रोफाइल पर्लान्

अरबौं घोटालाको टेरामक्स काण्डमा को को पर्दैछन् अख्तियारको फन्दामा

एनसेल कर छली र टेरामक्स प्रकरणको रस्साकस्सीबीच पुरुषोत्तम खनालको राजीनामा

पहिलो चरणमा टेरामक्स खरिद प्रक्रियामा संलग्नमाथि मात्रै बयान

अरबौं घोटालाको टेरामक्स प्रकरणमा विदेशबाटै घूसको सेटिङ, अख्तियारबाट बच्न चोलेन्द्रसँग मिलेमतो

ज्ञानेन्द्र र मोहनलाई अख्तियारबाट जोगाउन प्रेम राईलाई महाभियोगको धम्की

आतंकवादी संगठन हिजबुल्लाहसँग जोडिएको कम्पनीलाई दूरसञ्चारसम्बन्धी संवेदनशील ठेक्का दिइएको खुलासा, हाइप्रोफाइलहरुको पद धरापमा

प्रतिक्रिया