भारत र पाकिस्तानलाई संयमका लागि धन्यवाद
केपी शर्मा ओलीः बुद्ध जुन ठाउँमा जन्मिनु भएको थियो । आज हामी त्यस पवित्र पुण्यभूमिमा, जहाँबाट शान्तिको सन्देश विश्वमा छर्ने एउटा महामानव, जसलाई हामी भगवान बुद्ध भन्छौं । उहाँको आजभन्दा २६४९ वर्ष अगाडि अथवा २६४८ वर्ष पूरा भएर बुद्ध जन्मिएको दिन आज २६४९ वर्ष लागेको छ । तसर्थ त्यही भूमिमा आज २६४९ औं वर्ष शुभारम्भ भएको बुद्धको जन्मजयन्ती मनाइरहेका छौं । उहाँको जन्म ईशापूर्व ६२३ मा भएको थियो । त्यसको ३५ वर्षपछि उहाँले बुद्धत्व प्राप्त गर्नुभएको थियो । र जन्मको ८० वर्षपछि उहाँको निधन भएको थियो । निधन भएको आज २५६८ वर्ष पूरा भएर २५६९ वर्ष लागेको छ । जसलाई हामी महापरिनिर्वाणको दिन भनेर बुद्धसम्वतको रुपमा मनाइरहेका छौं ।
एउटा कुरामा अन्योल हुनुु हुँदैन । बुद्धसम्वतको हिसाबले आज २५६९ औं बुुद्धसम्वत हो । बुुद्ध जन्म जयन्तीका हिसाबले २६४९ औं बुद्धजयन्ती हो । यसमा कुनै दुविधा हुनुु हुँदैन, किनभने उहाँको जन्म इशापूर्व ६२३ मा भएको थियो । यो अहिलेभन्दा २६४९ वर्ष अगाडि हुन जान्छ । त्यही पवित्र भूमिमा आज हामी मानव जातिको सुख, विश्व शान्तिको पक्षमा बोलिरहेका छौं । र, त्यही बुद्ध चिन्तन र दर्शनको उद्गमस्थलमा आज हामी यस सन्दर्भमा छलफल गरिरहेका छौं । पहिलो कुरा, म सरकारको तर्फबाट भन्न चाहन्छुु, यो भवन मेरै अग्रसरतामा निर्माण भएको थियो । २०७३ सालमा बुुद्धजयन्ती मनाउन यहाँ आउदा कुनै पनि सभा मनाउने संरचना थिएन । हामीले पाल टाँगेका थियौं । बिहानपखको हुरी, बतास र पानीले पाल पनि उडाइदियो, हामीले कार्यक्रम गर्ने भनेको ठाउँ पनि हिलाम्य भयो, सबै सहभागीहरुको जुत्तामोजा भिज्ने नै भयो तर पाइन्ट पनि हिलाम्मे पारेर त्यहाँ गएका थिए । त्यसपछि मैले भनेको थिएँ, अर्को वर्ष हामी कमसेकम तीन हजार जना बस्न मिल्ने अस्थायी हल निर्माण गरेर त्यसभित्र आनन्दले कार्यक्रम गर्नेछौं भनेर । तर, अर्को वर्ष आएन, अलिकति पछाडि म सरकारबाट हटें । त्यसको तीन महिना जति पनि भएको थिएन होला । त्यो काम बाँकी नै थियो र म २०७४ सालमा सरकारमा आएपछि २०७५ को बुद्धजयन्ती मनाउन पर्ने भयो । म २०७४ फागुनमा सरकारमा आएको थिएँ र मैले २०७५ वैशाखमा बुद्धको जन्मजयन्ती मनाउनका लागि तीन हजार क्षमताको एउटा हल तत्काल निर्माण गर्ने प्रबन्ध गरेँ र तीन हजार अट्ने हल निर्माण ग¥यौं र त्यसमा कार्यक्रम मनायौं । त्यसपछि मैले यो पाँच हजार क्षमताको हलको सुरुवात गरेँ । तर, यो निर्माण गरिरहने भन्दा इकोसिस्टम ठीक नभएको हल निर्माण गर्ने भनिएको थिएन । बोल्ने तर अगाडिकाले बोलेको नबुुझ्ने, बोल्नेले सन्तोष लिने, सुन्नेले राम्रै त भनेका होलान् नि भन्नुु पर्ने यस्तो हल भनेको थिएन । त्यसकारण म तपाईंहरुलाई भन्न चाहन्छुु, अर्को वर्ष हामी यस ठाउँमा अन्तर्राष्ट्रियस्तरको बुद्धजयन्ती २६५० औं बुुद्धजयन्ती मनाउने छौं र त्यति बेला यो इकोसिस्टम नसुुन्ने होइन, छर्लङ्ग सुुन्ने गरिको इकोसिस्टम विकास गरेर यस ठाउँमा कार्यक्रमको आयोजना गर्ने छौं । म तपाईंहरुलाई त्यो भनेर निवेदन गर्न चाहन्छुु । यसपटक नबुुझे पनि राम्रै भनेका होलन् भन्ने ठानेर चित्त बुुझाउन आग्रह गर्न चाहन्छुु ।
बुद्धको सन्दर्भमा विचार गर्दा बुद्धका शिक्षाहरु त्रिपिटकको निर्माण र त्यो निर्माण नभएको भए यदि महाकास्यप, आनन्द, उपीतजस्ता उहाँका शिष्यहरुले अठोट गरेर पाँच सय भिक्षुुहरुलाई जम्मा गरेर सात वर्षसम्म बुद्धका शिक्षाहरुका बारेमा संग्रह गर्ने र तिनीहरुलाई कति भागमा बाँड्न सकिन्छ भन्दा तीन भागमा बाड्न सकिन्छ भने, त्रिपिटक अथव�
