काठमाडौं खाल्डोमा मुस्लिम सुल्तानको त्यो विध्वंश

काठमाडौं, १४ वैशाख । मल्लकालमा समृद्ध थियो नेपाल खाल्डो जसलाई काठमाडौं उपत्यका भनिन्छ अहिले । मानिसहरु सुखसँग बाँचिरहेका थिए । धर्म, संस्कृतिको उत्कृष्ट अभ्यास चलिरहेको थियो । मन्दिर, गुम्बालगायत सुन्दर सार्वजनिक स्थलहरु संरक्षित थिए । नयाँ पनि बन्दै थिए ।
उपत्यकाको समृद्धि दक्षिणतर्फ पनि फैलिएको थियो । अचानक एउटा दिन आयो । नेपाल खाल्डो कब्जा गर्ने उदेश्यले बंगालका सुल्तान समसुद्दिन इलियास शाह छिरे । उनले डरलाग्दो आक्रमण गरे वि.सं. १४०६ मा ।
मल्ल राजाहरू आन्तरिक सत्ताकलहमा फसेको सूचना पाएर समसुद्धिनले मौका छोपेका थिए । समसुद्दिन वि।सं। १३८१ मा सिम्रौनगढमा आक्रमण गर्ने दिल्लीका सुल्तान गयासुद्दिन तुगलकका सेनापतिका छोरा थिए । गयासुद्दिन तुगलकले बंगाल विजय गरेपछि बंगालको गभर्नरका रूपमा समुद्दिन इलियास शाहका पितालाई नियुक्त गरेका थिए । तिनै समसुद्दिन इलियास शाहले बंगालमा स्वतन्त्र राज्य कायम गरेका थिए ।
नेपाल खाल्डोमा आक्रमण गर्ने उद्देश्यले पसेका मुस्लिमहरु पटनाबाट युद्ध सामग्री सहित जनकपुर, सिन्धुली, बनेपा हुँदै काठमाडौंको नजिकै भक्तपुरसम्म आक्रमण गर्न आईपुगेका थिए । भक्तपुर आक्रमण गरेपछि पशुपतिनाथको सम्पत्तिबारे सूचना पाए । पशुपतिनाथ हिन्दूको पवित्र तीर्थस्थल रहेको बुझेर यसलाई ध्वस्त पार्ने मनशायले बढे । अतिवादी मुसलमानहरु अर्काको धर्म र समाज नै ध्वस्त पार्ने अभिप्रायका हुन्छन् । उनीहरुले अफगानिस्तानबाट पसेर त्यस्तै उपद्रो मच्चाएका थिए ।
आन्तरिक किचलोका कारण राज्य कमजोर भयो । राज्यभन्दा व्यक्तिगत स्वार्थलाई प्रधान ठान्दा कमजोर बनेकाले समसुद्धिनको सामना गर्न सकेनन् ।
घना जँगलको बीचमा बनाइएको गढमा लुके । पूरै बाटो खुल्ला भएपछि भक्तपुर बजारको बस्ती ध्वस्त पारे । मन्दिरहरु ध्वस्त पारिदिए । घरहरुमा लुटपाट र आगजनी गरे ।
चाँगुनारायणको मन्दिर लुटे । शिलालेख र मूर्ति ध्वस्त पारे ।
पशुपतिनाथमा विध्वंश मच्चाए । धनसम्पत्ति लुटे । पशुपतिनाथको मूर्ति तीन टुक्रा पारिदिए । विध्वंश मच्चाउन थाले ।
आगजनी गर्दै स्वयम्भूमा उक्लिए । चैत्य भत्काएर धनसम्पत्ति लुटे । आगजनी गरे ।
ललितपुरको अग्ला देवस्थलहरु ध्वस्त पारे । अहिले तिनको नामोनिशान छैन । सात दिन बसेर हाहाकार पारेर विध्वंश मच्चाए । यो इतिहासमा न त पहिले भएको थियो न त पछि हुनसक्यो । नेपालको आर्थिक क्षेत्रमा ठूलो असर पार्यो ।
पशुपतिनाथ आक्रमणपछि ७ दिनसम्म लुटपाट मच्चाइरहे । पशुपतिनाथको मन्दिर ध्वस्त पारे । अधिकांश मूर्ति नष्ट गरे । मानिसहरु सुरक्षित ठाउँ खोज्दै उपत्यका वरपरका घना जँगलतर्फ बसे केही दिन । समसुद्धिन र उनका सेना फर्किएपछि सामान्य जीवनतर्फ बढ्न खोजे ।
मुस्लिमहरुको आक्रमणपछि ध्वस्त भएको काठमाडौंका दरबार तथा बस्तीहरु पछि मल्ल राजा जयस्थिति मल्लले पुनर्निर्माण गरे । उपत्यकामा आक्रमण गर्न आएका मुस्लिममध्ये केही यतै रहे वा रहेनन् खोजीको विषय छ । तर, मल्लकालमा केही मुसलमानहरु नेपाल खाल्डोमा बस्न थाले ।
नेपालको राष्ट्रिय जनगणना २०७८ का अनुसार हाल नेपालमा मुस्लिमहरुको संख्या कुल जनसंख्याको ५ प्रतिशत भन्दा माथि अर्थात १५ लाख जति रहेको छ । यो संख्या २० लाख पुगिसकेको चर्चा पनि छ । उनीहरु बढी तराईमा बसोबास गरिरहेका छन् ।
तराईमा १० प्रतिशतभन्दा बढी जनसंख्या भइसकेको छ मुसलमानको । पहाडमा पनि बढ्दो छ जनसंख्या । हिमाली भागमा भने नगन्य छ । यो जनसंख्या बढ्नुको कारण बढी जन्मदर र गैरकानूनी आप्रवासी छिर्नु कारण रहेको छ ।
विशेषगरी भारतसँगको सीमानाकाका क्षेत्रमा मुसलमानको बसोबास बढ्दो छ । वीरगञ्जको भारतसँगको सीमानाका रहेको छपकैयामा मुसलमान बाहुल्य भइसकेको छ । दाङको भारतसँगको सीमा जोडिएको कोइलावासमा समेत मुसलमानको बहुमत बनिसकेको छ । सुनसरी, मोरङ, बाँके, रौतहट जस्ता जिल्लाको भारतसँगको सीमा क्षेत्रमा पनि मुसलमानको जनसंख्या बढ्दो छ ।