किन टर्की गएनन् प्रधानन्यायाधीश राउत

काठमाडौं, ११ वैशाख । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको बिहिबार टर्की जाने तय थियो । तर एकाएक उनले भ्रमण नै रद्द गरेका छन् ।
राउत विहान साँढे १० बजे सर्वोच्चका रजिष्ट्रार विमल पौडेललाई समेत लिएर टर्की जाने तय थियो । उनी टर्कीका प्रधानन्यायाधीश निम्तोमा जान लागेका थिए । तर, उनले भ्रमण नै रद्द गरे । उनी आउँदो हप्ता बेलायत जाने तय छ ।
एकाएक राउतले भ्रमण रद्द गर्नुलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय राउतका बारे सनसनीपूर्ण खबरहरु सार्वजनिक भइरहेका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य भेट गरेको विषयको खबर नेपाली पेनले प्रकाशित गरेपछि समाचार नै हटाउन अदालतबाट आदेश आएको छ ।