८ बैशाख २०८२, सोमबार | April 21, 2025

गुडिरहेको जीपमा विद्युतीय तारले छुँदा आगलागी, ४ को मृत्यु


1.2k
Shares

काठमाडौं, ८ वैशाख । ताप्लेजुङमा गुडिरहेको जीपमा विद्युतको तार झरेर छुँदा भएको आगलागीमा चारजनाको मृत्यु भएको छ । फङलिङ नगरपालिकाको काफ्लेपाटी सडकखण्डमा तार झरेर बलेरो जीपमा छुँदा आगलागी भएको थियो ।

घटनामा सवारी चालक दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र ७० वर्षीय विनोद पौडेलको मृत्यु भएको हो ।

घटनामा घाइते भएका ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनकी छोरा अभियम आचार्यको उपचार भइरहेको छ । मृतक सरिता र वनोद सविनाका आमाबुवा र आध्या छोरी भएको खबर प्राप्त भउको छ ।

प्रतिक्रिया