अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, २४ चैत्र । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । आइतबार विहान मालारानी गाउँपालिकाको लुटीपोखरी खनदहमा लु २ च २९९० को जीप सडकबाट २०० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा चालक दिलिप खनाल र यात्रु बालकृष्ण रिजाल छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा घाइतेहरुको उपचार भइरहेको छ ।