१८ चैत्र २०८१, मंगलबार | April 1, 2025

जरिवानाको पत्र बुझ्न नमानेपछि महानगरले ज्ञानेन्द्र शाहलाई हुलाकबाट पठायो पत्र


0
Shares

काठमाडौं । जरिवानाको पत्र बुझाउन पुगेका महानगरका प्रहरी बलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत पठाएको छ । जरिवानाको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको हो ।

‘निर्मल निवासको मुख्य गेटबाटै जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिइएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको नगर प्रहरीले जनाएको छ । महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली त्यहा पुगेको थियो ।

महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।

प्रतिक्रिया